Fast Nepal News

प्रधानमन्त्रीले बाढीपहिरो प्रभावित पूर्वी नेपाल भ्रमणमा जाँदै

प्रधानमन्त्रीसहितको टोली आज बिहान आठ बजे नेपाली सेनाको हेलिकप्टरबाट पूर्वी नेपालको भ्रमणमा निस्किने कार्यक्रम छ

banner single news

७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज पूर्वी नेपालको निरीक्षणमा जाने भएका छन् । उनले सुदूरपश्चिम क्षेत्रमा बाढीले पुर्‍याएको क्षति अवलोकन समेत गरेर फर्किएका थीए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले सुनसरी, मोरङ, इलाम, पाँचथर लगायत जिल्लामा बाढी र पहिरोले पुर्याएको क्षतिको अवस्थाबारे बुझ्ने र निरीक्षण गर्ने कार्यक्रम तय भएकाे छ ।

इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग संयुक्त रुपमा छलफल गर्ने कार्यक्रम पनि तय भएको सचिवालयले जनाएकाे छ । प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्याएको क्षतिको अवस्था र सरकारले गर्नु पर्ने कामबारे छलफल गर्नेछन् ।

Inside Article Ads

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ लगायत रहनेछन् । प्रधानमन्त्रीसहितको टोली आइतबार साँझ नै काठमाडौं फर्किने कार्यक्रम छ ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.