

१.
माकुरी जाल
विकास शून्य
यस्तै हो चाल।
२.
मनको भित्र
बसेर आयो
गाउँको चित्र।
✍️ शिवकुमार रेग्मी
<><><><><>

१.
दसैँ मुखमा
सन्तानसँगै
बसौँ सुखमा ।
२.
पितृको श्रद्धा
मनैले गरौँ
नगरौँ भद्दा ।
✍️ वासुदेव ज्ञवाली
<><><><><>

१.
सल्केला आगो
नभुल प्रिय
मायाको धागो ।
२.
मन मान्दैन
आकांक्षा धेरै
धन धान्दैन।
✍️ बुद्ध प्रकाश सिंह
<><><><><>

१.
खेतमा बाला
खुबै सुहायो
गलामा माला।
२.
यो देश हाम्रो
मिलेर सबै
बनाऔँ राम्रो।
✍️ कृष्णकुमार शर्मा पन्थी
<><><><><>

१.
गुन्द्रुक ढिँडाे
नेपाली खाना
पुर्खाकाे बिँडाे ।
२.
सत्ताकाे खेल
जाल र झेल
देखिन्न मेल ।
-✍️ लता पाैड्याल निराैला
