Fast Nepal News

स्नेहा तामाङको शिरमा ‘मिस ग्लोरियस नेपाल,२०२१’ को ताज

banner single news

काठमाडौँ — भाद्र १८, २०७८।

‘मिस ग्लोरियस नेपाल,२०२१’ मा स्नेहा तामाङ विजेता बनेकी छिन् । म्युजिक सिटि हलमा सम्पन्न प्रतियोगितामा अन्य २१ प्रतियोगीहरुलाई पछि पार्दै स्नेहाले बिजेताको ताज पहिरिएकी हुन ।

प्रतियोगितामा अश्मिता क्षेत्रीले फष्ट रनरअपको ताज हातपारीन । उनले विधागत तर्फ ग्लोबल अनलाईन पे मार्फत गरिएको अनलाईन भोटिङमार्फत सर्वाधिक भोट प्राप्त गरी ‘पब्लिक चोइस’ अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । उनले ग्लोवल अनलाईन पे र आयोजकको तर्फबाट थाईल्याण्ड भ्रमणको टिकेट समेत प्राप्त गरिन ।

त्यस्तै, सेकेण्ड रनरअपको ताज आयुष्मा गुरुङ्ले जित्दा थर्ड रनरअप सन्ध्या कुँवर घोषित भइन् । प्रतियोगिताको ब्राण्ड एम्बासडरमा एन्जल सुनुवार चयन भईन भने अर्गनाईजर चोईस र ब्युटी विथ ब्रेन क्रमशः याङ्छेन डोल्कर शेर्पा र प्रगती थापा मगर घोषित भए।

Inside Article Ads

प्रियारानी लामाले संचालन गरेको उक्त प्रतियोगिताको निर्णायकमा सनिश शाक्य, सुशान्तकाजी श्रेष्ठ, आर्शु महर्जन र रिदम घिसिङ रहेका थिए ।

सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको प्रतियोगितामा विजेता स्नेहा तामाङले ‘मिस ग्लोरियस नेपाल,२०२१’ कोे ताज र उपाधिसहित एवरेष्ट फिल्म एकेडेमीबाट १ लाख वरावरको, फ्लाई टेक एकेडेमीबाट ३५ हजार बराबरको र ओआसिस अब्रोड स्टडीबाट आईएल्स क्लासअध्ययनका लागि छात्रावृत्तीका साथै विभिन्न मोडलिङ कन्ट्र्याक्टहरु हात पारिन् । त्यस्तै गरि फस्ट रनर अप र सेकेण्ड रनर अपले भने फ्लाई टेक एकेडेमीबाट क्रमशः १७ हजार ५ सय र १० हजार ५ सय बराबरको र ओआसिस अब्रोड स्टडीबाट आईएल्स क्लासअध्ययनका लागि छात्रावृत्ती प्राप्त गरे।

साथै फष्ट रनरअप तथा ‘पब्लिक चोइस’ अवार्ड विजेता अश्मिता क्षेत्री र याङ्छेन डोल्कर शेर्पाले ग्लोवल अनलाईन पे र आयोजकको तर्फबाट थाईल्याण्ड भ्रमणको टिकेट समेत जित्न सफल भए ।

आयोजक कृ्ष्ण श्रेष्ठका अनुसार अडिसनमार्फत छनोट भएका प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो प्रशिक्षण प्रदान गरि अन्तिम प्रतिस्पर्धामा उतारिएको थियो जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङ सम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइएको थियो ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.