Fast Nepal News

‘ सभापतिको उम्मेदवार सहमतिमै छान्छौं’

संस्थापन इतर समूहमा रहेका चार नेताले केन्द्रीय सभापतिमा एउटै उम्मेदवार दिने प्रतिवद्धता जनाएका छन्

banner single news

भदौ, काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने तय भएको छ । अधिवेशनको सुरुवात भने शुक्रबार (१८ गते) वडाबाट हुनेछ । वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले माथिल्लो तहका कमिटी चयन गर्नुका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि चुन्ने छन् ।

नेताहरुका अनुसार संस्थापन इतरको समूह एक ढिक्का हुने हो भने पार्टीमा ५५/६० प्रतिशत पकड कायम गर्न सक्छ । तर १३औं महाधिवेशनमा पौडेल र कृष्ण सिटौला समूहमा बाँडिएको यो मत अहिले सभापतिका आकांक्षी धेरै हुँदा थप विभाजित भएको छ ।

वडा अधिवेशनको अघिल्लो दिन वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला संयुक्त पत्रकार सम्मेलनमा उपस्थित भए, जहाँ पौडेलले आसन्न १४औं महाधिवेशनमा आफ्नो समूहबाट सभापतिका लागि एउटै उम्मेदवार दिने बताएका छन् ।नेताहरुका अनुसार पौडेल समूहमा रहेका जिल्ला सभापतिहरुले १८ भदौ अर्थात् वडा अधिवेशन शुरु हुनु अगाडि नै सभापतिको उम्मेदवार टुंगो लगाउन दबाब दिएका थिए ।

अर्जुननरसिंह केसी, बलबहादुर केसी लगायतको पहलमा पछिल्ला दिनमा सभापतिका आकांक्षीहरुबीच छलफल पनि भएको थियो, तर सहमति जुटेन ।

साझा उम्मेदवार दिन्छौं भन्ने प्रतिवद्धता जनाउन वरिष्ठ नेता पौडेल सहमत भए । त्यसअनुसार बिहीबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन भयो ।

Inside Article Ads

विचार मिल्नेहरुको एकतामा जोड दिएको र सामूहिक नेतृत्वमा विश्वास गर्ने भन्दै कसलाई के जिम्मेवारी दिने भन्नेमा आफूहरुबीच छलफल भइरहेको पाैडेलले बताए । उनले भने, ‘वडा अधिवेशनअघि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका पार्टी साथीहरुलाई एउटा सन्देश दिन चाहन्छौं कि हामी भोलिको निर्वाचनमा एउटै सभापतिको उम्मेदवार बनाएर सहमतिमै प्यानल बनाउँछौं ।’

एक केन्द्रीय सदस्य भन्छन्, ‘महाधिवेशन प्रतिनिधिहरु एकभन्दा धेरै छान्न पाइने भएकाले एडजस्ट हुनसक्छ । तर जिल्ला सभापति एक जना छान्नुपर्ने भएकाले केन्द्रमा नमिले परिणाम तलमाथि हुने अवस्था आउँछ ।’

पौडेलले भने, ‘१४औं महाधिवेशनसम्म हाम्रो एकता अटुट रहन्छ । सहमतिमै सभापतिको उम्मेदवार दिन्छौं । देशभरका साथीहरु ढुक्क हुनुहोला ।’

पत्रकार सम्मेलनमा पौडेल मात्र बोले, सभापतिका अरु आकांक्षीले भने आफ्नो धारणा राखेनन् ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.