Fast Nepal News

माधव नेपाल नेतृत्वको नेकपा ( एकीकृत समाजवादीले ) मान्यता पायो

२०३ जनाको केन्द्रीय कमिटीमा, त्यसमा १९१ जना बहाल िथए । त्यसमध्ये ५६ जना उपस्थित भएर सनाखत भएकाे छ

banner single news

भदौ, काठमाडौं । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको छ। नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले दलको मान्यता दिएको हाे ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन् । दल दर्ताका लागि निवेदन दिँदा समावेश भएका एमाले केन्द्रीय सदस्यद्वय भास्कार काफ्ले र रविन कोइराला भने बुधबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएनन् । नेता राजेन्द्र पाण्डेका अनुसार, दल दर्ताका लागि चाहिने १९१ सदस्यीय एमाले केन्द्रीय कमिटीको २० प्रतिशत पुगेको छ । ‘हाम्रो २०३ जनाको केन्द्रीय कमिटी थियो, त्यसमा १९१ जना बहाल हुनुहुन्थ्यो । त्यसमध्ये ५६ जना उपस्थित भएर सनाखत गर्‍यौं, ‘त्यसअनुसार निर्वाचन आयोगले हामीलाई दलको प्रमाणपत्र दिएको छ ।’

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.