
मिलान — ८ भाद्र २०७
मिलान, एसी मिलानले इटालीको सिरी एमा सोमबार विजयी सुरुआत लिँदै साम्पडोरियालाई १–० ले पराजित गरेको छ । ब्राहिम डियाजले नवौं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो ।
खेलका क्रममा प्रशिक्षक स्टेफानो पोलीले क्लबमा नयाँ अनुबन्धित खेलाडी ओलिभर जिरोडलाई पनि प्रस्तुत गरेका थिए ।मिलानका लागि अर्को महिना ३५ वर्ष पुग्ने जिरोड र ज्लाटन इब्राहिमोभचले प्रभावशाली भूमिका खेल्ने अपेक्षा छ । क्लबले सन् २०१३–२०१४ यता पहिलोपल्ट युरोपेली च्याम्पियन्स लिग पनि खेल्दै छ ।
(कान्तिपुर दैनिक)
