
धादिङ — ७ भाद्र २०७८
धादिङ, धादिङमा जिल्ला क्रिकेट संघको तदर्थ समिति गठन गरिएको छ । आइतबार धादिङबेंसीमा भएको भेलाले दीपेश कँडेलको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो ।समितिको उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा मनीष दुवाडी, सचिवमा सन्दीप सापकोटा, कोषाध्यक्षमा ठाकुर ढकाल र सहसचिवमा रामबहादुर राना मगर सर्वसम्मत चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरूमा साम्भवी थापा, श्रीकृष्ण भण्डारी (अनमोल), अनिश अधिकारी, सन्तोष पाण्डे, रवीन्द्र सापकोटा, दीपेन्द्र शाह, सुजन भट्टराई र जितेन्द्र श्रेष्ठ चयन भएका छन् ।
उनले नेपालको गर्व गर्न लायक खेल क्षेत्र त्यसमध्ये क्रिकेटले अझ बढी नेपालको शिर उँचो बनाएको परिवेशमा खेल क्षेत्र राष्ट्रको महत्त्वपूर्ण लगानीको क्षेत्र भएको बताए ।
(कान्तिपुर दैनिक)
