Fast Nepal News

स्वास्थ्य विमामा घट्यो आकर्षण

banner single news

१४ असार,काठमाडौं- स्वास्थ्य बीमा कार्यक्रम सही ढङ्गमा कार्यान्वयन नहुँदा यसप्रति नागरिकको आकर्षण घट्दै गएको छ । विमामा उल्लेख भएजति औषधी नपाउने, सेवा प्रवाहमा कठिनाइ र ढिलाई हुने भएका कारणपनि स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण घटेको हो ।

बार्षिक ३ हजार ५०० रुपैयाँ तिरेपछि पाँच जनासम्मको परिवारले एक वर्षका लागि एक लाख रुपैयाँ बराबरको उपचार स्वास्थ्य बीमा कार्यक्रम मार्फत् पाउँछन् । परिवारमा पाँच जनाभन्दा बढी भएमा एक जनाको ७०० रुपैयाँका दरले रकम थपेर बीमा गर्नुपर्ने हुन्छ ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरू र अधिकांश पालिकाका दलितहरुको बीमा भने निःशुल्क हुन्छ । सरकारी स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउनका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको थियो ।

पछिल्लो समयमा बीमा कार्यक्रमप्रति सर्वसाधारणको आकर्षण घट्दै गएकोप्रति राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समितिको बैठकमा सांसदहरुले समेत चासो राख्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले विमा कार्यक्रममा देखिएका समस्याहरु समाधान गर्नकालागि मन्त्रालय तयार रहेको बताउनुभयो ।

Inside Article Ads

गत वर्ष ४५ लाख ७२ हजार जनाले स्वास्थ्य विमा गरेकोमा यस वर्ष २९ लाख मानिसले मात्र विमा नविकरण गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । अझैपनि काठमाण्डौ र ललितपुर महानगरपालिका लगायतका ७ वटा स्थानीय तहमा भने अझै स्वास्थ्य विमा कार्यक्रम लागु हुन सकेको छैन ।

समाचार नेपाल टेलिभिजनको अनलाईन पोर्टलमा प्रकाशित छ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.