Fast Nepal News

पाठेघर क्यान्सरविरुद्धको २० हजार भाइल खोप असारमा आउने

९ देखि १४ वर्ष उमेरका किशोरीहरुलाई दिइने

banner single news

१७ जेठ,काठमाडौँ – सरकारले पाठेघर क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ कार्यक्रम विस्तार गर्ने योजना ल्याएको छ । स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरासियाले असार मसान्तसम्म २० हजार भाइल एचपीभी खोप नेपाल भित्रिने बताए ।

भन्छन्–‘यो चीनबाट खरिद गरेर ल्याइँदैछ । भविष्यमा यसलाई निःशुल्क पनि ल्याउन सकिन्छ । अहिलेको अवस्थामा भने खरिद गरिएको छ ।’

आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा ९ देखि १४ वर्षका किशोरीहरूका लागि लक्षित गरी यो कार्यक्रमलाई विस्तार गरिने भनिएको छ । हुन त, यो कार्यक्रम सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा नै घोषणा गरेको थियो तर हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

खोप शाखा प्रमुख डा अभियान गौतमले खोप असारसम्म आइसक्ने पुष्टि गर्दै भन्छन्–‘खोप गाइडलाइनका लागि काम गरिरहेका छौं । कुन ठाउँ र कसरी सुरु गर्ने भन्ने निर्णय मन्त्रालयको हुन्छ र कार्यक्रमको गाइडलाइन हामीले बनाउने हो । मन्त्रालयको स्वीकृति आउन बाँकी छ ।’ उनले अहिले थोरै संख्यामा मात्र खोप आउने भएकाले तत्काल राष्ट्रिय खोप तालिकामा समावेश गर्नेबारे सोचिनसकेको बताए ।

Inside Article Ads

सरकारले सन् २०१६/२०१७ मा चितवन र कास्कीमा ११ देखि १३ वर्षसम्मका किशोरीमा एचपीभी खोप परीक्षण गरेको थियो । २०१९ मा स्वास्थ्य मन्त्रालयले यो खोप ल्याउन खोप शाखालाई २ करोड ७५ लाख र भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । प्राइभेटले फाट्टफुट्ट यो खोप दिइराखेका छन् । पूर्वस्वास्थ्य अधिकारीकाअनुसार यो खोप २०२२ मै दिने कुरा भए पनि दिन सकिएको छैन । भन्छन्–‘यो खोप महँगो पनि भयो त्यसमाथि खोप कम्पनीहरुले पनि समयमा उपलब्ध गराउन सकेनन् । त्यसैले पनि दिन नसकिएको हो । देशभर नै विस्तार गर्दै यो खोप राष्ट्रिय खोप तालिकामा पनि समावेश गर्नुपर्छ।’

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.