Fast Nepal News

सरकारी अस्पतालबाट मृगौला प्रत्यारोपन सेवा सुस्त

banner single news
नेपालमा मिर्गौला प्रत्यारोपण सुरु भएको १४ बर्ष भएको छ। त्रिवि शिक्षण अस्पतालबाट सुरु भएको प्रत्यारोपण अहिले सरकारीतर्फ वीर अस्पताल, शहिद धर्मभक्त प्रत्यारोपण केन्द्र र पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानले प्रत्यारोपण सेवा प्रदान गर्दै आएको छ।

 

तर सरकारी अस्पतालले गर्ने मृगौला पत्यारोपन सेवा भने निकै सुस्त छ ।सरकारी तथ्यांक अनुसार नेपालमा बर्षेनि मिर्गौलाका ३ हजार नयाँ रोगी थपिन्छन् । तर चार वटा सरकारी अस्पतालमा हालसम्म १९ सय २४ जनाको मात्र मिर्गौला प्रत्यारोपण भएको छ । करिब १ हजार बिरामी भने पालो कुरेर बसेका छन् ।

 

बिरामीले चार वर्षभन्दा बढी पालो कुर्नुपर्ने वाध्यता भएपनि सेवा छिटोछरितो गर्नतर्फ कसैको ध्यान गएको छैन । मृगौला पिडितलाई समयमा नै उपचार सेवा प्रदान गराउने विषयतर्फ सरकार र सम्बन्धित निकायको ध्यान दिनु अति नै आवश्यक छ।
Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.