
२१ कार्तिक, काठमाडौँ -गत साउन महिनादेखि फैलिएको डेंगु संक्रमणको कारण धेरै व्यक्तिहरु अस्वस्थ भएका छन्। केही महिना यता लामखुट्टेको टोकाइबाट सर्ने संक्रमणको कारणले धेरै व्यक्तिहरु डेंगुको सिकार भएको छ। पछिल्लो दिनहरुमा ४६,५०५ व्यक्तिहरु डेंगुबाट संक्रमित भएको थियो भने अहिले थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैगरी देशभर कुल डेंगु रोगीको संख्या ५० हजार २६३ पुगेको छ । गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७६८ पुगेको थियो । यता यस रोगबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ ।साउन महिनादेखि हालसम्म ७७ ओटा जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Visited 13 times, 1 visit(s) today
