Fast Nepal News

नेपालका अधिकांश अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नसक्दा बिरामी सर्वसाधारण संकटमा

banner single news
प्रकाश कपाली
 २१ कार्तिक, काठमाडौँ -मानिस एक सामाजिक प्राणी हो।जब मानिसको जन्म हुन्छ तब मानिसले समाजमा आउने अनेक दुख र संघर्ष र चुनौतीको सामना गर्न समय परिस्थितिले मानिसलाई बाध्य बनाउँछ। कुनै सामाजिक प्राणीको अस्तित्व बाँचुन्जेल समाजमा कायम रहन्छ। जन्म र मरण बिचको समयमा मानिसले आफू र आफ्नो समाजमाथि आईपर्ने समस्यासँग जुध्दै आफ्नो दैनिक जीवन अघि बढाउँछ। हाम्रो समाजमा आईपर्ने विभिन्न समस्याहरुमध्ये धेरै व्यक्तिहरु उपचारका लागि अस्पतालले उपचार सेवा लिन जाँदा मंहगी शुल्कले आर्थिक समस्याको सिकार बन्नु पनि एक
संकटपूर्ण अवस्था रहेको छ।
बिरामीलाई उपचारमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त होस् भन्ने उद्देश्यले धेरै बिरामीको आफन्तले सरकारी तथा निजी अस्पतालमा लगेर उपचार गर्छन्।तर सरकारी तथा निजी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नाममा चर्को शुल्क लिएर बिरामीको उपचार गर्छन्। यदि अस्पतालले निर्धारण गरेको शुल्क तिर्न नसकेको अवस्थामा बिरामीको कसरी उपचारका लागि खर्च जुटाउने भन्दै सोच्न बाध्य हुन्छन्।
सरकारी अस्पतालले बिरामीलाई अस्पतालमा प्रभावकारी रुपमा उपचार सेवा पूर्ण रुपमा प्रदान गर्न नसकेको गुनासो गर्दछन्। सरकारी अस्पतालले बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान नसकेको कारण बिरामीको उपचारका लागि निजी अस्पतालमा लैजानुपर्ने निजी अस्पतालमा उपचार गराइरहेका बिरामीको आफन्तहरुले बताएका छन्। अस्पतालले बिरामीको उपचारमा जोड दिई अत्यावश्यक औषधी र सेवा सहज‌ रूपमा प्रदान गर्ने धेरै बिरामी व्यक्तिका परिवार सदस्यको भनाई छ।तर निजी तथा सरकारी अस्पतालले बिरामीको परिवारलाई पटक पटक औषधी किन्न र स्वास्थ्य परीक्षण गर्नको निम्ति पटक पटक परिवारको सदस्यलाई आग्रह गर्ने र अत्यावश्यक उपचार रकम माग गर्ने विभिन्न अस्पतालहरुमा आएका बिरामीको परिवारले बताएका छन्।
अस्पतालले सुरुमा उपचार सेवा दिएर बिरामीको उपचार गरी उपचार शुल्क र बिरामीलाई औषधी गर्दा लाग्ने एकमुष्ठ रकम लिएर बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा र बिरामीको परिवारलाई सास्ती दिननहुने अंधिकाश बिरामीको परिवारको भनाई छ।तर बिरामीको उपचारलाई पहिलो प्राथमिकता दिनुभन्दा अस्पतालले पहिला पैसा त्यसपछि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दा बिरामीलाई उपचार गर्ने नपाउने डर र परिवारको सदस्यलाई आर्थिक समस्याले मानसिकतामा नराम्रो असर पर्ने धेरै बिरामीका आफन्तले आफ्नो धारणा व्यक्त गरेका छन्।
नेपालको संविधान २०७२ को भाग ३ धारा ३५ को उपधारा १ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने संवैधानिक व्यवस्था रहेको छ।सोही धारा ३५ को उपधारा ३ बमोजिम प्रत्येक नागरिकलाई स्वास्थ्यमा समान पहुँच हुनेछ भन्ने व्यवस्था गरिएको छ।तर संविधानमा व्यवस्था गरिएको हक केवल सिद्धान्तमा मात्र सिमित रही व्यबहारिक रुपमा कार्यान्वयन हुन सकिरहेको छैन। सरकारी अस्पतालले बिरामीलाई प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रदान गर्न नसक्नु र निजी अस्पतालले मंहगो शुल्क लिएर बिरामीको उपचार गर्ने यस अवस्थामा जनताको स्वास्थ्यमाथि खेलबाड भईरहेको देखिन्छ।
केही अस्पतालले मात्र उचित शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको देखिन्छ। त्यसैले देशका सबै क्षेत्रमा उचित शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नेपालको संविधान २०७२ ले मौलिक हकको रूपमा व्यबस्था गरेको स्वास्थ्यको हक प्रभावकारी रुपमा लागू गर्न सरकार र सम्बन्धित निकायको ध्यान दिनु अति नै आवश्यक देखिन्छ।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.