Fast Nepal News

नेपालमै पहिलो पटक अनलाइन नेपाली रैथाने पाककला प्रतियोगिता ‘खाने कथा’ हुँदै

banner single news

काठमाडौं, २७ आश्विन- नेपाली रैथाने खानपान खोज तथा अनुसन्धान अभियानको एक वर्षपूरा भएको अवसरमा नेपालमै पहिलो पटक अनलाइन नेपाली रैथाने पाककला प्रतियोगिता हुने भएको छ । समाजको परिवर्तनसँगै लोप हुन लागेको नेपाली रैथाने खानाको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धनकालागी नेपाली खानाको पारखीहरुका लागी रैथाने चुल्होले सामाजिकदुरिलाई पालनागर्दै ‘खाने कथा‘ अनलाइन नेपाली पाककला प्रतियोगिता आयोजना गर्न लागिएको आज आयोजित पत्रकार भेटघाट माझ जानकारी गराईएको छ । सिनामंगल स्थित एयरपोर्ट होटलमा आयोजित सो कार्यक्रम माझ प्रतियोगीतामा विभिन्न भौगोलिक क्षेत्रमा पाइने रैथाने खानपान र विभिन्न समुदायले खाने नेपाली रैथाने मौलिक खानपानका बारेमा जानेको बुझेको व्यक्तिले कुनै एक परिकार समेट्न सक्ने जानकारी गराईयो । उक्तखानाको संस्कार सांस्कृतिक पक्ष, धार्मिक, सामाजिक, आर्थिक, प्राकृतिक र स्वास्थ्यको पक्ष समेत उल्लेख गरि पठाईएको भिडियो सामग्री रैथाने युटुव च्यानलबाट खाने कथामा प्रसारण गरिने आयोजकले जनाएका छन् ।प्रतियोगीताले नेपाली खानपान बाँचिरहने र देश विदेशमा रहेका नेपाली नयाँ पूस्ताले पनि सजिलै युटुव हेरेर नेपाली खानपान पकाउन जान्ने विश्वास आयोजक पक्षको रहेको बताईएको छ । प्राप्त भिडियो मंसिर १गते देखि रैथाने चुल्हो युटुव च्यानलबाट प्रसारण गरिने र मंसिर ३० गते सबै भिडियो प्रसारण रोकिने र पुष १गते प्रतियोगिता विजेता घोषणा गरिने आयोजकले बताएका छन् । प्रथम पुरस्कार नगद २५ हजार रुपैयाँ, पैँचो पसलबाट १० हजार बराबरको गीफ्ट हेम्पर सहित ग्लोबल नेप्लीज सेफ फेडेरेशनको सक्रिय सदस्यता र ग्यास्ट्रोनोमि एसोसिएसनको सदस्यता प्राप्त गर्ने संयोजक प्रेमलाल घिसिङले बताए । कार्यक्रममा सेफ लक्ष्मण भण्डारी, नारायण थपलिया लगायतको उपस्थिती रहेको थियो ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.