
~~~~~~~~~~~~~~~~~~
✍️ एलपी पराजुली,
कपन, काठमाडौं ।
१.
सुनेर गाली
उत्तेजनामा
नठोकौं ताली ।
२.
दम्भको राज
झन् पछि पर्ला
हाम्रो समाज ।
३.
धर्मका कुरा
सद्भाव रेट्ने
नबनोस् छुरा ।
४.
त्यो टिकापुर
धरान छिर्ने
गर्दैछ सुर !
~~~~~~~
✍️ निराज सिग्देल,
हाँडीगाउँ, काठमाडौं ।
१.
नगर हेला
परौला फेरि
उसैको फेला ।
२.
विदेशी हली
जनता चुस्न
ज्यादै छन् खली ।
३.
बिना मियोको
गरेर दाइँ
पाईन्न केही ।
४.
खञ्चुवाहरु
नपुग्ने कति
मर्नु नि बरु !
~~~~~~~
✍️ कपिल किशोर घिमिरे,
दाङ, हाल: कैलाली
१.
कलिका छली
धपक्क बली
सकिन्छन् जली।
२.
चुलिदा मानो
भत्किन्छ छानो
पर्छन् उत्तानो।
३.
अहंले खान्छ
सकेरै जान्छ
जे जे छ लान्छ।
४.
नबन्नु भ्रष्ट
भैहाल्छ प्रष्ट
भोगिन्छ कष्ट ।
<><><><><>
