Fast Nepal News

पाँच सर्जक : दस छेस्का कविता

छेस्का साहित्य ( नियमित स्तम्भ )

banner single news

✍️ ओम आचार्य,
१.
सुनको ध्यान
नुनको ज्ञान
सत्ता मसान !
२.
अभाव नुन
प्रशस्त आयो
लैजाऊ सुन।
~~~~~~~

✍️ कालीचरण बस्नेत,
१.
वर्सिन्छ गाली
सञ्जाल भरी
निर्वस्त्र पारी !
२.
पाएर पद
भै गदगद
गर्दैछन् हद !
~~~~~~~

✍️ नरराज आचार्य,
१.
हिलाम्य बाटाे
हिड्न नजान्दा
चिप्लियाे लाटाे
२.
बन्द ब्यापार
राजनीति नै
भयाे अपार ।
~~~~~~~

Inside Article Ads

✍️ जमुना कायस्थ,
१.
पुर्खाको सिको
युवा बिग्रंदो
भ्रष्ट समाज।
२.
भ्रस्टको नीति
बिगार्ने थिति
क्या कुटनीति !
~~~~~~~

✍️ गणेशकुमार श्रेष्ठ,
१.
जालीकाे काम
छलकपट
मुखमा राम ।
२.
छँदैछ मर्नु
जनकल्याण
सकेकाे गर्नु ।
~~~~~~~

Visited 85 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.