
यौटा भानु थियाै यही गगनकाे नेपालमा झुल्कियौ!
भाषाकाे दिपपुञ्जकाे शिखरमा अालाेक छर्दै गयौ!!
नेपाली जगमा रमेर मनमा भाषा दियौ फैलियौ!
याे संसार जहाँ अलौकिक भयौ याे लाेकमा नै थियौ!!
१
नेपाली सव जात-जातिहरुकाे भाषा बन्याे गौरब!
अाफ्नाे संस्कृतिकाे प्रवर्तन गर्यौ हाम्रा भयौ सौरब!!
झुल्के भानु अनेकता थुपरिदा नेपालका नायक!
हाम्राे राष्ट्रियता अखण्डित गर्यौ जातीय उन्नायक!!
२
नेपाली घरका दलान,झुपडी गुञ्जिन्छ रामायण!
हाम्रा भानुभए बिचित्र विभुता नेपाल अाभूषण!!
रामैराम जताततै हृदयमा सेबक् भयौ रामकाे!
नेपाली दिलमा अपूर्ब महिमा छायौ सबै रामकाे!!
३
घाँसीले पनि बाेल्छ रे गरिबका अावाज सुन्ने तिमी!
त्याे ऐश्वर्य सबै बडा-हजुरका धिक्कार ठान्ने तिमी!!
बिद्राेही भवसार ज्याेति छरने हाै व्यङ्ग्यवादी तिमी!
अाफैमा रसभावकाे कविकला शास्त्रीयवादी तिमी!!
४
भाषा नै जननी र राष्ट्रहित हाे भाषा सबै प्राण हाे!
भाषा हाे पहिचान मानव हुने भाषा सबै त्राण हाे!!
ठूलाे काे हुन सक्छ रे फगतमा भाषा विवेकी गुरु!!
ठुलाे भानु भयाै यही जगतमा भाषा विवेकी गुरु!!
५
अाफ्नाे मातृथलाे भजेर भवमा माला दियौ काव्यकाे!
नेपाली दिलले अपार कुलमा भाका दियौ वर्णकाे!!
तिम्राे स्वर्ग चुदी र कान्तिपुर हाे बालाजु अर्काे थियाे!
ती सारा अहिले उजाड नखरा पार्दैछ नौलाे भयाे!!
६
भाषामा पनि सिष्टता,गहनता कहाँ लुक्याे पन्छियाे!
नेतामा पनि लाेकतन्त्र,जनता छायाँ पर्याे वैलियाे!!
अाफ्नाे अर्थ विदेशमा निरीह भै मुन्टेर बस्छ जब!
अाऊ भानु!असैय भाे अब यहाँ खाँचाे छ तिम्राे अब!!
७
**************
