नाम -गोबिन्द राज ओझा (राजन)/दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
मेरा शब्दहरूमा तिमिलाई माया………..
मेरा शब्दहरूमा तिमिलाई माया व्यक्त गर्न सकूँ
यो मुटुको धड्कनमा तिम्रो आवाज सुन्न सकूँ
प्रेम यो शब्द कति प्रिय छ मिठो छ
तिमीलाई माया गर्छु मैले तिमि बिना जीवन अधुरो छ
माया गरेको मान्छेलाई भुल्न कहाँ सकिन्छ
प्रेम के हो ? बाच्न र जान्न सजिलो छ
आजसम्म हामी दुईको माया प्रेम टिकिरहेको छ
यो रँगिन संसार नै प्रेममा सजिएको छ
मेरा शब्दहरूमा तिमिलाई माया व्यक्त गर्न सकूँ
यो मुटुको धड्कनमा तिम्रो आवाज सुन्न सकूँ
मेरा शब्दहरूमा तिमिलाई माया व्यक्त गर्न सकूँ
यो मुटुको धड्कनमा तिम्रो आवाज सुन्न सकूँ
प्रेम मानव जीवनको भावनात्मक शब्द हो
प्रेम थियो तिमि सँग त्यही कथा बन्यो
म तिमीलाई माया गर्छु, प्रेम गर्छु
मेरा शब्दहरूमा तिमिलाई माया व्यक्त गर्न सकूँ