
✍️ नरराज आचार्य,
१.
पन्छाउँ भ्रष्ट
छैनन् है चाेखा
देखियाे प्रष्ट ।
२.
आँतमा जरा
भ्रष्टाचारमा
देखिए खरा ।
३.
हटाउँ चाँडाे
चुहिने भाँडाे
देशकाे घाँडाे ।
४.
रङ्ग न ढङ्ग
नजान्दा चल्न
भाे भताभुङ्ग ।
५.
बाेल्ने हुन् झुट
गर्नेछन् लुट
ल्याएर फुट ।
<><><><><>
✍️ नवराज पाैडेल,
१.
मनमा भ्रान्ति
पालेर बसे
हुँदैन शान्ति!
२.
सक्नेले खोस्ने
समाजै यस्तो
सम्पत्ति जोख्ने !
३.
देह श्रृंगार
कुटिल चाल
मन अँगार !
४.
कति मिठी माँ
कामै नगरी
हासी खुशी आँ !
५.
जति रूखो बा
झट्टै कमाई
उति मीठो खा !
<><><><><>
(छेस्का सर्जकद्वय नरराज आचार्य तथा नवराज पाैडेल साहित्यफाँटमा सक्रिय व्यक्तित्वहरु हुनुहुन्छ ।)
