
१.
ढुङ्गामा जरा
बढ्दैन वृक्ष
ननाच चरा !
✍️ ओम आचार्य,
अर्घाखाँची, हाल: सिनामंगल, काठमाडौं ।
<<><><><>
२.
अकुत धन
नाङ्गै छ तन
दरिद्र मन !
✍️ किशन पाैडेल,
हेटाैंडा ४, चिल्ड्रेन पार्क ।
<><><><><>
३.
सुन्दर नाम
कस्तो अचम्म
बानी हराम !
✍️ खगेन्द्र बस्याल,
तिलाेत्तमा ९, सरस्वती पथ, रुपन्देही ।
<><><><><>
४.
नपराैँ दङ्ग
देखियो ढङ्ग
फेर्ने हुन् रङ्ग !
✍️ जयनारायण नेपाल,
इलाम, हाल: बालकाेट, भक्तपुर ।
<><><><><>
५.
नेपाली सान
वीरता गान
खाडीमा प्राण !
✍️ टङ्क पन्थ,
तानसेन नपा ६, बारुदखान, पाल्पा ।
<><><><><>
६.
लाएरै वस्त्र
नाङ्गियाे मान्छे
फाट्दा चरित्र !
✍️ मुरारीराज मिश्र,
कुमारीगाल, काठमाडौं ७ ।
<><><><><>
७.
ढुङ्गामा आस
मान्छेमा छैन
कुनै विश्वास !
✍️ एलपी पराजुली,
बुढानिलकण्ठ नपा १०, कपन, काठमाडौं ।
<><><><><>
८.
अनाैठाे मेल
ताेरी र काेदाे
पानीमा तेल !
✍️ विनोद नेपाल,
पाल्पा, हाल: कामपा १६, वनस्थली, खरीबाेट ।
<><><><><>
९.
धमिलो घाम
उताका साथी
बासी सपना !
✍️ हृदय लेकाली,
सिद्धार्थनगर ९, रुपन्देही ।
<><><><><>
(नियमितरूपमा छेस्का कविता प्रकाशन गर्ने क्रममा यसपटक हामीले, छेस्काकाे इतिहासमा प्रथम पटक प्रकाशित कृति “अभिव्यञ्जना” बाट सर्जकहरुका १/१ वटा छेस्का कविता साभार गरि प्रकाशित गरेका छाैं । – सम्पादक)
