Fast Nepal News

समसामयिक १० छेस्का कविता

✍️ ओम आचार्य, अर्घाखाँची, हाल: काठमाडौं ।

banner single news

१.
अचानो राखी
तम्सियो दाउ
रहला बाँकी?
२.
गरेर हल्ला
तित्राले आफै
भगायो चल्ला ।
३.
जल्दैछ रोम
मस्त छ निरो
के गरोस् ओम !
४.
बुध्दिको नाश
छिनाल्यो दाम्लो
काशीको बास।
५.
हरायो निष्ठा
कागले जस्तै
भक्षण बिस्टा।
६.
बढ्दोछ रोग
रोकिन्न किन?
स्वार्थको भोक।
७.
जीवन रेखा
चल्दैन सिधा
हात नदेखा ।
८.
नमागी माफी
पीडकलाई
नच्याप काखी।
९.
भतेर भोज
गिद्धको सोच
सिनोको खोज।
१०.
पाकेको बेल
जनता कौवा
सधै ओझेल।
<><><><><>
(लामो समयदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएका कवि आचार्य, सिद्धहस्त साहित्यकारका साथै छेस्का साहित्य नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ)

Inside Article Ads
Visited 50 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.