Fast Nepal News

कलम र क्रान्ति

स्ववियु निर्वाचन विशेष।

banner single news

प्रकाश कपाली/कविता लेखक

कलमले कोर्नेछ अब देशको ठूलो ईतिहास।
कलमको सृजनाले छर्नेछ समाजमा ठूलो प्रकाश।२।
तरवारले होईन कलमले ल्याउँछ देशमा ठूलो क्रान्ति
देशमा ल्याउनेछ आमूल परिवर्तन सुशासन र शान्ती।२।

कलमले नै भविष्यको रेखा कोरिदिन्छ
अन्धकारमय मेरो दिमागलाई उज्यालो छरिदिन्छ।१।
कलमले नै उन्नतिको पथमा आज मलाई डोर्याउछ
कलमको क्रान्तिले मेरो मनमा आज हर्ष उमङ्ग ल्याउँछ।२।

Inside Article Ads

तरवारले क्रान्ति होइन साथी कलमको क्रान्ति गरौ
कलमको क्रान्तिले देशलाई समृद्ध मार्गमा लगौ।२।
अन्याय र भष्ट्राचार विरुद्ध अब कदम चलाऔ
कलमको क्रान्तिले देश विकासको अवश्य चेतना जगाऔं।१।

अन्धकारमय जगतमा कलमले शिक्षाको ज्योति छरौ
नेपाललाई नयाँ दिशामा प्रवेश गराउन हामी अघि बढौं ‌।२।
समृद्ध नेपाल सुखी नेपालीको इतिहास कलमले कोरौ
राष्ट्र विकासको अभियानमा सबै एक एकभई जोडौं।२‌।

 

 

Visited 148 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.