Fast Nepal News

पाँच सर्जकका दस छेस्का कविता

छेस्का साहित्य (नियमित स्तम्भ )

banner single news

✍️ कालीचरण बस्नेत,

सत्य वचन,
तीतो लागे नी
गरौँ मनन ।
२.
भुटेको अन्न
सुकेको काठ
रोपी उम्रन्न !
<><><><><>

✍️ बाबुराम पाैडेल,

चर्चा सर्बत्र
अबको पालो
तन्नेरी मात्र ।
२.
निभाऊँ नाता
हिसाब हुन्न
नाफा र घाटा ।
<><><><><>

✍️ मुकेश रेग्मी,

नगरी कर्म
शान्त भै बस्नु
हाेइन धर्म ।
२.
बचाउ घुँड़ो
बन्चरोसंग
भन्दैछ बुढो !
<><><><><>

Inside Article Ads

✍️ अशाेक अधिकारी,

समय पर्ख,
जित्ने छौ तिमी
हारी नफर्क ।
२.
बोलीको धार
खुकुरी बिना
हान्दछ मार ।
<><><><><>

✍️ निरञ्जन पाेखरेल,

थारो छ गाई
दुध दिदैन
बाच्छो नपाई ।
२.
चुनावी नारा,
नपरौं मख्ख
झार्दैनन् तारा !
<><><><><>

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.