
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
एउटा घर बनाउने सोचमा छु
एक दिन मैले घर बनाउने सोचमा छु
मैले बनाएको घर ठुलो दरवार बनोस
मेरो परिचय त्यो घर सँग जोडियोस
यो जगतमा नै ऐतिहासिक घर बनोस
त्यसमा सुन्दर एउटा पुजा कोठा पनि होस
मेरो जिन्दगिको सपना मेरो घर हो
मेरो घरमा मैले एक्लो रजाई गर्ने हो
थाहा छ मलाई घरमा राम्रो सजावट बनाउनु छ
आफ्नै रुचिको रङ्ग लगाउनु छ
कयौ कामदार र कति लगानि लाग्छ अनुमान गर्नु छ
घर बाहिर गेटमा एक जना पाले राख्नु छ
एउटा घर बनाउने सोचमा छु
एक दिन मैले घर बनाउने सोचमा छु
