
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
उकालो हिडदा हिडदै यहाँ सम्म पुगियो
तिमि आयौ यहाँसम्म मेरा सम्झना आयो
तिम्रो लागि लेखे गित, गजल त्यहाँ भित्र तिमिलाई पाए
तिमि आउने बाटो हेरि म खुसिले रमाए
त्यो सुन्दर प्रकृति,त्यो जुन सबैलाइ बिर्सिए तिमि छेउमा बस्दा
यो मनमा तरङ्ग आउछ मनमनै केहि सोच्दा
खुसि मनले मैले तिमिलाई हेरे
हेर्दा हेर्दै म तिम्रो समिप पुगे
तिमि हिडने बाटो सधै सुन्दर लाग्छ
सधै सँग सँगै हिडन मन लाग्छ
मन बाट खुसि भएर तिमिलाई सम्झेको छु
यो मनबाट तिमिलाई केहि गर्न खोजेको छु
मेरो मनको भावनालाई गित बनाएर लेखे
तिमिलाई सम्झेर म यहाँ सम्म पुगे
