
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
✍️ नरराज आचार्य
१.
स्वार्थमा राम
पाएमा दाम
नत्र हराम ।
२.
डुबाए देश
छेपाराे जस्तै
फेरेर भेष ।
<><><><><>
✍️ शिवकुमार रेग्मी
१.
छेपारे नेता
विकास शून्य
देशको व्यथा ।
२.
घोडा र घाँस
बनेछन् साथी
के गर्नु आस !
<><><><><>
✍️ विवश पारदर्शी
१.
गफ लगाए
कसम खाए
देश डुबाए !
२.
हाउ र भाउ
चुनाव जित्ने
गतिलो दाउ
<><><><><>
✍️ कपिल किशोर घिमिरे
१.
हृदय कुना
मिले पो मन
सकिन्छ छुन ।
२.
बुढ्याैली तन
के भा काे हाेला
तरुनाे मन !
<><><><><>
✍️ कृष्णकुमार शर्मा पन्थी
१.
युवा खाडीमा
गर्दैछन् श्रम
बुढा बारीमा ।
२.
चुलो ओभानो
भोकै छ पेट
रित्तियो मानो।
<><><><><>
