Fast Nepal News

ओम साइ पाथीभरा वेलफेर फन्डले आज आफ्नो दोश्रो वार्सिक उत्सबको अवसरमा अस्पताल परिसरभित्र रक्तदान

banner single news

भद्रपुर पौष २५ ।ओम साइ पाथिभरा हस्पिटल भद्रपुरका कर्मचारी आबद्व सस्था ओम साइ पाथीभरा वेलफेर फन्डले आज आफ्नो दोश्रो वार्सिक उत्सबको अवसरमा अस्पताल परिसरभित्र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कोभिड १९ को महामारीको समयमा रक्तदान अति आवस्यक देखिएकोले नेपाल रेडक्रस सोसाइटी भद्रपुरको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा अस्पतालका निर्देसक बालकुमार पोख्रेल ,ॐ शाहि हस्पिटल का निर्देशक समाजसेबि बालकुमार पोख्रेल र श्रीमति द्रौपदा नीलम पोखरेल लगायत ५५ जनाले रक्तदान गर्नु भएको छ । दुई वर्ष अगाडि बिनय उप्रेतिको अध्यक्षतामा अस्पतालमै कार्यरत कर्मचारीहरुको हित तथा उपचार सगयोग सेवाको लागि स्थापित सो सस्थामा हाल ओम साइ पाथिभरा हस्पिटल भद्रपुरमा कार्यरत चिकित्सक सहित जम्मा १७६ जना कर्मचारि सदस्य रहेको अस्पतालका प्रसासन प्रमुख मनोज दाहालले जान्कारी दिनु भएको छ ।

Inside Article Ads
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.