
गर्मी बढेसंगै हामीले हाम्रो अनुहारको पनि उत्तिकै ख्याल राख्नुपर्ने हुन्छ ।
गर्मीका कारण हाम्रो स्किन बढि ओइली हुन्छ । जसको कारण छालाका रोम छिद्रहरु प्रष्ट देखिन्छ । अर्थात खुल्ला पोर्सको बढी समस्या देखा पर्दछ साथै पिम्पल्स पनि बढि हुन्छ र डिहाइड्रेटेड पनि हुन्छ । त्यकारण यो मौसममा छालाको हेरबिचार अरु समयभन्दा बढी जरुरी हून्छ ।
घामको किरणर्ले छालालाई असर नगरोस् भनेर नै हामीले गर्मीमा विशेष ध्यान दिनूपर्दछ ।
गर्मी महिनामा छालाको हेरविचार गर्ने केहि तरिकाहरु \\
- गर्मीमा सबैभन्दा जरुरी छालालाई हाइड्रेट गर्नु हो । तसर्थ, जति सकिन्छ धेरै पानी पिउने
- छालामा हाईड्रेटिङ मोस्चराइजर लगाउन नबिर्सिने । यसले छालामा मोस्चर बनाई राख्छ र हाईड्रेट पनि गर्छ
- अनुहारमा स–साना दाग भए बेसार, कागतिको रस, दुधको तर राखि प्याक बनाएर अनुहारमा लगाउने
- घाममा निस्कनुभन्दा आधा घन्टा अगाडि सनस्क्रिन लगाउने, कम्तिमा ३० एसपीएफ युक्त सनस्क्रिन प्रयोग गर्ने
- बेलुका सुत्नु अगाडि अनुहारलाई राम्रोसँग धुने, कम्तिमा ६ देखि ८ घण्टा सुत्ने
- महिनामा दुई पटक फेसियल वा क्लिनजिङ गर्ने, आफ्नो छालालाई सुहाउने फेस प्याक र फेसवासहरु प्रयोग गर्ने
- पर्याप्त मात्रामा हरियो सागसब्जी र ताजा फलफुलहरु खाने