Fast Nepal News

धेरै दूध चिया पिउनु स्वास्थ्यका लागि हानिकारक रहेको चिकित्सकहरुको भनाई

banner single news
९ पुष, काठमाडौँ- नेपालीहरुको राष्ट्रिय पेय प्रदार्थमध्ये चियालाई पनि एक महत्वपूर्ण पेय प्रदार्थको रूपमा लिन सकिन्छ। दैनिक रुपमा धेरै व्यक्तिहरुले खाली पेटमा दूधको चिया पिउने गरेका छन्।तर धेरै चिया पिउने काम मानिसको स्वास्थ्यको लागि हानिकारक रहेको चिकित्सकहरुको भनाई छ। दूधको चिया दैनिक रुपमा ३ कपभन्दा बढी पिउन नहुने चिकित्सकहरु बताउँछन्।
दूधको चिया धेरै पिउने गर्नाले यसले रोग प्रतिरोधात्मक क्षमता ह्रास ल्याउनुका साथै प्राचन प्रद्धतिमा समस्या देखापर्ने, अनिद्राको समस्या देखा पार्ने भएकोले दूधको चिया पिउनु स्वास्थ्यका लागि हानिकारक भएको चिकित्सकहरु बताउँछन्। धेरै दूधको चिया पिउँदा कम भोक लाग्ने र यसले शरीरमा पोषणको कमी हुनुको साथै पाचन प्रणालीमा विग्रह आउने चिकित्सक निपुण कपालीले बताउनुभयो।
दूध चिया पटक पटक तताएर पिउन नहुने र विशेषगरी भोको पेटमा दूधको चिया पिउँदा स्वास्थ्यको लागि बेफाईदा हुने चिकित्सक कपालीको भनाई छ। दैनिक ३ कपभन्दा बढी चियापान गरेमा यसले एसिडिटी जस्तो गम्भीर रोगलाई निम्त्याउने समेत चिकित्सक कपालीको भनाई छ। विशेषगरी जाडो महिनामा स्वास्थ्यप्रति ख्याल नै नगरी धेरै व्यक्तिहरुले चिया पिउने गरेको चिकित्सकहरुले कम मात्रामा दूधको चिया पिउँनुपर्ने र सकेसम्म दूधको चिया स्वास्थ्यका लागि हानिकारक भएको हुनाले नपिउन सबैलाई सुझाव दिनुभएको छ। दूध चियाको तुलनामा कालो चिया स्वास्थ्यका लागि फाईदाजनक रहेको चिकित्सकहरु बताउँछन् ।
Inside Article Ads
Visited 57 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.