
२७ मंसिर, काठमाडौँ-गोरखा कालिका सामुदायिक हस्पिटल प्रा.लिको यही मंसिर २८ गते शुभारम्भ हुने भएको छ। गोरखा लमजुङ र तनहुँका बिरामीहरुलाइ मध्यनजर राख्दै अत्याधुनिक रिफरेन्स ल्याब सहित बिशेषज्ञ डाक्टरहरुको सेवाको शुभारम्भ कार्यक्रम चिकित्सा क्षेत्रमा २७ बर्ष लामो सेवा पुर्याउनु भएका नेपाल सरकारका अतिरिक्त पूर्वस्वास्थ्य सचिब डा.गुणराज लोहनीको हातबाट उद्घाटन हुन लागेको हो।
अस्पताल शुभारम्भ भएको दिनबाट पौष ५ गतेसम्म ओपिडी टिकट नि:शुल्क, प्याथोलोजी सुबिधामा ५०% छुट, ECG, ECHO, USG, इन्डोस्कोपी, X-Ray मा समेत ५०% छुट का साथै मिडिसिनमा समेत विशेष छुटको ब्यबस्था भएकोगोरखा कालिका सामुदायिक हस्पिटल प्रा.लिले जनाएको छ। अस्पताल शुभारम्भ भएको दिन मंसिर २८ गतेदेखि पुष ५ गतेसम्म अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा सुविधा लिन गोरखा कालिका सामुदायिक अस्पताल प्रा.लिले सबैलाई आग्रह गरेको छ।
