
२५ मंसिर, काठमाडौँ -देशभर दिन प्रतिदिन चिसो बढ्दै गएको छ। अघिल्ला साता उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा तापक्रम बढेको थियो।तर अहिले तापक्रम घट्दै जाँदा चिसो बढ्दै गएको हो। उपत्यकाको सन्दर्भमा कुरा गर्ने हो भने ११ डिग्रीमा रहेको उपत्यकाको न्यूनतम तापक्रम घटेर आज ५ डिग्री सेल्सियसमा झरेको छ।
आज बिहान जुम्लाको तापक्रम माइनस ४.५ डिग्री सेल्सियस रहेको छ । देशको विभिन्न स्थानमा चिसो ह्वात्तै बढेसँगै चिसोबाट बच्न उचित खानपिन र स्वास्थ्यको ख्याल गर्न चिकित्सकले सुझाव दिएको छ।
Visited 10 times, 1 visit(s) today
