Fast Nepal News

कोरोना भाइरससँग जुझ्न भिटामीन ‘डी’को परीक्षण हुदैं

banner single news

काठमाडौँ, असोज ३० – ब्रिटेनमा वैज्ञानिकहरूले भिटामिन ‘डी’ले कोभिड-१९ सँग लड्ने प्रतिरोधी क्षमता बढाउँछ कि भनेर जाँच्न परीक्षणमा सहभागी हुन चाहने स्वयंसेवीहरूको खोजी गरिरहेका छन्।

सहभागी हुन चाहने मानिसहरूको घरमा छ महिनासम्म प्रतिदिन भिटामिन ‘डी’ सेवन गर्नको निम्ति औषधि पठाइनेछ। त्यस्ता व्यक्तिमा भिटामिन ‘डी’को कमी भएनभएको सुरुमा जाँचिनेछ।

जाडो याममा मानिसहरूमा भिटामिन ‘डी’को झन् कमी हुन सक्ने भएकाले यसअघि नै यूकेका निवासीहरूलाई थप भिटामिन लिन भनिएको थियो।

त्यो सुझाव भने साधारण स्वास्थ्य अवस्था राम्रो बनाइराख्नका निम्ति भनिएको हो, कुनै खास सङ्क्रमण रोक्न होइन।

Inside Article Ads

विशेषगरि धेरै उमेरका मानिसहरू, धेरै तौल भएका मानिसहरू, अनि अश्वेत तथा एसियाली मूलका मानिसहरूमा भिटामिन ‘डी’ को कमी भएको पाइएको छ। यी सबै समूहका मानिस कोभिडबाट गम्भीर बिरामी हुनसक्ने जोखिम समूहमा पनि पर्छन्।

बार्ट्स च्यारीटीको सहयोगमा क्वीन मेरी युनिभर्सिटी अफ लण्डनका अनुसन्धानकर्ताहरूले परीक्षण गर्न लागेका हुन्।
मुख्य अनुसन्धानकर्ता डेभिड जोलिफ भन्छन् परीक्षणले भिटामिन ‘डी’ले कोभिडबाट जोगाउँछ कि जोगाउँदैन भन्ने प्रश्नको ‘निश्चित् जबाफ दिने सम्भावना छ।’

‘भिटामिन ‘डी’को उपयोग गर्न थोरै मूल्य पर्छ, यसको प्रयोगको थोरै जोखिम छ अनि यदि प्रभावकारी प्रमाणित भए यसले कोरोना भाइरसविरुद्ध संसारको लडाइँमा निकै बल पुग्नेछ,’ उनले भने।भिटामिन ‘डी’को प्रयोग निकै सुरक्षित मानिए पनि हरेक दिन तोकिएको भन्दा धेरै लिने गरेमा त्यसले दीर्घकालमा जोखिम उत्पन्न गर्न सक्छ।महामारीका बेला धेरै मानिस घरभित्रै बस्दा कतिपयमा भिटामीन ‘डी’को कमी हुन सक्छ।

Visited 31 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.