नेपालको धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मुलपानीमा बुवा नारायण थापा र आमा चिन कुमारी थापाको कोखबाट मध्यम परिवारमा २०३९ पुष ३ गते जन्म भएको थियो । चार दिदी–बहिनी पछि जन्मनु भएको भएर पनि होला सबैको मायाको पात्रका रुपमा हुर्कनु भयो । गाउँकै महेन्द्रोदय स्कुलबाट माध्यमिक तहको अध्ययन सकेर उच्च शिक्षाका लागि काठमाडौ आउनु भएको थियो । स्कुले जिवनमा पनि राम्रो पढाईका कारण शिक्षक शिक्षिकाहरुले धेरै माया गर्नुहुन्थ्यो । स्कुलमा उहाँ जहिले पनि प्रथम, द्वितिय हुनुहुन्थ्यो र त सबैका प्रिय पनि हुनुहुन्थ्यो । बाल्यकालमा सरोज थापा उहाँका गाउँले र छर–छिमेकीमा पनि निकै प्यारो हुनुहुन्थ्यो किन कि उहाँले गाउँ–गाउँको बाटो र घर–घरमा धारो पु¥याएर सहयोग पु¥याउनु हुन्थ्यो । कहिले आफ्नै हातले मुर्ती कुदेर मन्दिर बनाउनु हुन्थ्यो । सामाजिक कार्यमा भनेपछि सधैं अग्रसर भएर लाग्न रुचाउने बानी उहाँको बाल्यकालदेखि कै बानी हो । स्कुल जिवनमा हस्तकला र चित्रकलामा बिरेन्द्र सिल पनि जित्नु भएको छ । उहाँको बालकला अहिले विश्व चर्चित पेस्ट्री सेफका कार्य सम्पादन गर्न निकै सहज साबित भएको छ किन कि एउटा राम्रो पेस्ट्री सेफ हुनका लागि कला अत्यन्त जरुरी हुन्छ । बाल्यकालदेखि नै कलामा सौखिन भएका कारण नै उहाँलाई यो पेशामा आउन प्रेरित ग¥यो । २०५४ सालमा एस एल सि पुरा गर्नसाथ राजधानी छिर्नु भएका उहाँले सरस्वती बहुमुखी क्यामपसमा रातीको सिफ्टमा भर्ना हुनु भयो । एउटा गाउँबाट शहर छिरेको युवालाई दैनिक जिवन चलाउन त्यती सहज थिएन । दिनमा आफ्नै भिनाजुको पसलमा काम सघाउने र रातमा क्याम्पस पढ्ने गरेर उहाँले प्रबिणता प्रमाण पत्र पुरा गर्नु भयो र कालीमाटीको एक आइसक्रिम सपमा काम पनि पाउनु भयो । काम गर्दै पर्यटन र होटल व्यवस्थापन नेपाल एकेडेमी कलेजमा कुलिनरीमा डिप्लोमा पनि पुरा गरि सांग्रिला होटलमा इन्टर्न शुरु गर्नु थाल्नु भयो । होटल सांग्रिलामा इन्टर्न गर्ने क्रममा एक फ्रान्सेली पहुनाले उहाँको कार्यदक्षता देखेर निकै प्रशंशा गरे र तुरुन्त उहाँलाई मानव संसाधन विभागले बोलाएर अब देखि स्थायी स्टाफको रुपमा नियुक्ती दिएकोमा उहाँको आफ्नो जिवनको करिअरले एक महत्वपूर्ण टर्निङ पोइन्ट सम्झन्छन् ।
यसरी उहाँले एक्कासी यती राम्रो होटलमा स्थायी रुपमा काम गर्ने मौका पाएपछी केही समय त्यही रहेर सेवा दिनु भयो र साँईलो बुबाको छोरा दाई रण बहादुर थापाको सहायताले पहिलो पटक बैदेशिक रोजगारीको रुपमा सयाम्स होटल अबुदाबी पुग्नु भयो । त्यहि होटलबाट शुरु भएको उहाँको बैदेशिक रोजगारीको यात्रा अहिलेसम्म निरन्तर रह्यो र उहाँको सालिनता, दक्षता, इमानदारी र दक्ष लिडरसिपका कारण दर्जनभन्दा बढी पाँचतारे होटल र आबुदाबी देखी युरोपका फ्रान्स लगायत कैयौं तारे होटलहरुमा आफ्नो दक्षता देखाउने अवसर पाउनु भयो । यो पेशामा उहाँले दर्जनौ गोल्ड मेडल र प्रमाण पत्रले अहिले कलंकीको आफ्नो घरको कोठा सजिएका छन । यती सानो उमेरमा यती धेरै हदसम्मको उपलब्धी हासिल गर्ने नेपाली बिदेशी भुमिमा कमै छन् । उहाँको दक्षतालाई कदर गर्दै विश्वका बिभिन्न देशले उहाँलाई सम्मान गर्दै उहाँहरुको पेशागत संस्था वल्ड सेफ एसोसिएसन (सोसाइटी)ले आजिवन सदस्यता दिलाएका छन् जसका कारण उहाँ हरेक बर्ष युरोपका देशहरु जानैपर्ने हुन्छ । उहाँले यो सफलता चुम्नुमा जिवन संगिनी बुनु खड्काको पनि बिशेष हात छ । उहाँका हरेक सफलतामा उत्साह र उमंग जगाउन उहाँको जिवनसाथी बुनुले हरेक पल–पलको खबर राख्नुहुन्छ र आवश्यकता परेका बेला हरेक तवरबाट सहयोग र साथ दिनु भएको छ । त्यसैले त उहाँ पनि सेफ सरोज कामको शिलशिला जुन–जुन देश पुगे प्राय सबै देशमा पुग्ने मौका पाउनु भएको छ ।
अहिलेका विश्व चर्चित युवा पेस्ट्री सेफ सरोज थापाको दुर्गम क्षेत्र धादिङको मुलपानीदेखी कुलिनरीको सर्वोच्च संस्था वल्ड सेफ एसोसिएसनको निर्णायक टिमसम्म आइपुग्दा धेरै उतारचढाव भोग्नु भएको छ । उहाँको सफलताको रहस्य र एक नेपाली युवाले कुलिनरीको विश्वमै सर्वोच्च सस्थामा त्यो पनि एक गहन जिम्मेवारीको पद सम्हाल्न कसरी पुग्नु भो भन्ने सबैको आकलन र रहस्यका बिषयमा
आर .बी बुढाथोकी ले कोरोनाको महामारीका समयमा नेपाल आएका बेला लिएको कुराकानीको अंशहरुः
अहिले तपाईं कुन होटलमा आबद्द हुनुहुन्छ ? तपाईंको पूर्ण जिम्मेवारी के हो ?
अहिले म म्यारिएट होटल इन्टरनेसनल पेस्ट्री सेफको रुपमा काम सम्हाली रहेको छु । मेरो जिम्मेवारी भनेको क्वालिटी प्रडक्ट, कस्ट कन्ट्रोल, नयाँ मेनु सेटअप, रेसेपी बनाउने, बेकरी र पेस्ट्री टिम सम्हाल्ने, डिउटी सिफ्ट हेर्ने, क्वालिटी चेक गर्ने, फूड कस्ट सन्तुलन हेर्नु, नयाँ स्टाफलाई तालिम दिने, पुरानालाई अपग्रेट गर्ने, नयाँ नयाँ प्रडक्टको इनोभेसन गर्ने, फुड फेस्टिभल, एभेन्ट र बिभिन्न देशमा हुने फुड प्रतियोगिता समाबेश हुनुको साथै आफ्ना टिममा राम्रा राम्रा कामदारलाई छान्ने जस्ता जिम्मेवारी सम्हाल्नु पर्छ । अन्यमा वार्षिक छुट्टी प्लान गर्ने, स्टाफलाई नियमित तालिममा पठाउने, राम्रा र दक्ष कामदारलाई पदोन्नतीका लागि सिफारिस गर्ने, गेस्टको कम्प्लेन सल्भ गर्ने जस्ता गहन जिम्मेवारी पनि हर्नुपर्छ । एक्जुकेटिभ सेफ र मेनेजमेन्ट सँग कोर्डिनेसन गरेर काम गर्नु पर्छ । कुनै कुनै कम्पनी या होटलमा त होटलको साहुसँग बसेर नै छलफल गर्नु पर्ने हुन्छ ।
तपाईंले त नेपालमा राम्रो होटलमा काम शुरु गर्नु भएको थियो, किन एक्कासी विदेसीनु भयो ?
केही नयाँ कुरा सिकौ र बुवालाई फाइनेन्सेली सपोर्ट गरेर राजधानीमा एउटा घर बनाउन पर्छ भन्ने मनसायले पनि बिदेशिएको हुँ । मेहनत परिश्रम अनुसार सफल पनि भए र बुवाको इच्छा पुरा गरेर छाडे । गाउँमा जन्मेको हुर्केको हुनाले शहरमा अली सहज हुन्छ भनी घर बनाउने उदेश्य थियो जुन पुरा गर्न सके । अहिले म काठमाडौको कलंकीमा घर बनाएर स्थायी रुपमा परिवारका साथमा बस्न पाएको छु । आफु जन्मेको गाउँ र दुःखी असाहयहरुलाई केही हिस्सा सहयोग गर्न पाएको छु जसमा म खुशी छु ।
नेपाल र बिदेशमा काम गर्ने शैलीमा के भिन्नता पाउनु भयो ?
बदेशमा बिभिन्न काम गर्दा भिन्न भिन्न देशका कामदार हुने हुँदा धेरै सिक्ने मौका पाईन्छ र सिकाउने मौका पनि पाईन्छ। हरेक देशको आफ्नै कुजिन र त्यसको आ–आफ्नै बिशेषता हुने हुँदा धेरै कुराहरु सियर गर्ने मौका पाईन्छ । बिदेशमा पेस्ट्रीलाई चाहिने सम्पूर्ण समान उपलब्ध हुने हुँदा क्वलिटी उत्पादन हुन्छ त्यसमा पनि यो पेस्ट्री बेकरी भन्ने नै बिदेशी भएका कारण नेपाल र बिदेशमा धेरै भिन्नता देख्छु ।
तपाईं त एक जिम्मेवार पदमा रहेर काम गर्नु भएको छ भिन्न भिन्न देशका कामदारलाई काम लगाउन कत्तिको गाह्रो छ ?
गाह्रो हुन्छ नि एउटै घरको दाजु भाई मिलेर बसेका कमै हुन्छन् । त्यो त झन बिभिन्न देशका कामदार एउटै थलोमा रहेर काम गर्नु प¥यो । भिन्न भिन्न देश, भाषा, कल्चरबाट आएका स्टाफहरुको फरक सोचाइ र क्षमता हुन्छ तसर्थ उनीहरुको मनोबिज्ञान बुझेर काम गर्नु पर्छ र कार्य बिभाजन गरिदिनु पर्छ । कसैलाई देश, जात र रङका भरमा भेदभाव नगरी सबैलाई समान व्यवहार पनि गर्न जान्नु प¥यो ।
बिदेश पेस्ट्री सेफको जिम्मेवारीहरु के के हुँदा रहेछन ? त्यती ठुलो टिमलाई कसरी समान रुपमा व्यबहार गरेर सन्चालन गर्नु हुन्छ ?
विदेश होस या स्वदेश जहाँ भए ता पनि इन्टरनेसनल फ्रेन्चाइज होटलहरुमा एउटै हो काम गर्ने शैली मात्र नेपालमा हेरेर बिदेशमा धेरै देशका कामदार साथमा लिएर काम गर्नु पर्छ । हामीले हेर्ने भनेको सही रेसेपी फलो गरेको छ कि छैन, खानाको क्वालिटी राम्रो छ कि छैन भनेर बेलाबेलामा टेस्ट गर्ने, खानाको स्तर सधैं एकनासको राख्न बेलाबेलामा तालिम दिने, फुड कस्ट बजेट अनुसार क्वालिटीलाई असर नपर्ने गरी सन्तुलनमा राख्ने जस्ता अनगिन्त्ती काम हुन्छन । एउटा सच्चा लिडरसिप भन्नाले सबैलाई सन्तुलनमा राखेर चित्त बुझाएर राख्नु हो त्यो गर्न सकेमा मात्र टिममा सार्पनेस र वर्कस्प्रिट हुन्छ ।
बिदेशमा तपाईं त दर्जनौ पाँच तारे र डिलक्स होटलहरुमा काम गरीसक्नु भयो अब नेपालमा बस्ने कुनै योजना छैन ?
राम्रो अवसर पाए नेपालमा पनि बस्ने सोच छ तर अहिलेको यो स्थितीमा विदेश मै धेरै राम्रा राम्रा अवसर एक पछी अर्को गर्दै आएका छन् । हेरौं केही समय पछी त नेपाल मै बस्ने सोच छ । सम्भव त छिट्टै नेपाल फर्कने र केही गर्ने सोच छ ।
सानो उमेरमा यती गहन जिम्मेवारी सम्हालेर काम गरी रहनु भएको छ कत्तिको कठिन छ ?
म २४ बर्षको उमेर मै सुपरभाइजर लेबल (सेफ डि पार्टी) भएर काम गरीसकेको मान्छे हुँ । शुरुमा त केही कठिन महसुस हुन्थ्यो तर अहिले त धेरै होटल परिवर्तन गरेर धेरै देशमा काम गरेको अनुभब भयो खासै गाह्रो लाग्दैन ।
तपाईं त कुलिनरीको सर्वोच्च सस्था वल्ड सेफ एसोसिएसनको निर्णायक पद सम्म पुग्नु भएको छ युरोपियनहरुको साथमा बसेर काम गर्न र एक निष्पक्ष निर्णय गर्न कत्तिको गाह्रो छ ?
यो ठाउँमा पुग्ने मेरो मात्र होइन विश्वभरका सबै सेफहरुको हुन्छ । ढिलै भए पनि यो सफलता चुम्ने मौका पाए खुशी लाग्छ । सम्भवत पेस्ट्री सेफहरुमा यो निर्णायक पदमा पुग्ने पहिलो नेपाली हुँ । पूर्ण रुपमा वल्ड सेफ एसोसिएसनका सिनिएर सेफहरुले तालिम दिने र उहाँहरु कै गाइडलाइन अनुसार काम गर्ने हुँदा खासै गाह्रो हुन्न । अहिले सम्म सहज रुपमा काम गरी राखेको छु, हरेक बर्ष मलाई युरोप बोलाइएको हुन्छ, पुग्छु र आफ्नो गहन जिम्मेवारी पुरा गरेर फर्कन्छु ।
विश्वको धेरै देशमा पुगेर एक जिम्मेवार पदमा रहेर काम गर्नु भयो तपाईं जस्तो उच्च सिप भएको मान्छेलाई नेपालमा पनि राम्रो अवसर छ नि ?
अवसर त धेरै पाएको छु तर पनि मैले विदेशमा जुन स्तरमा बेकरी र पेस्ट्री उत्पादन गरेको छु त्यो नेपालमा अली सम्भव छैन जस्तो लाग्छ किन कि पर्याप्त पेस्ट्री र बेकरीलाई चाहिने सामाग्री (इङ्रीडेन्ट) पाइन्न । केही समय पछी नेपालमा पनि बिदेशको जस्तो स्तरिय उत्पादन निकाल्न सकिन्छ धेरै बिदेशमा काम गरेका सेफहरु अहिले नेपालमा काम गर्न थालेका छन् धेरै इन्टरनेसनल होटलहरु धमाधम खुलेका छन । स्तरिय सामानहरु महंगै परेता पनि विदेशबाट झिकाउनु पर्ने हुन्छ, जसले होटलको स्तरलाई उकास्न मद्दत पु¥याउँछ ।
नेपाल फर्कनु भए पछी तपाईंको मुख्य योजनाहरु के के हुने छन् ? जागिर गर्नु हुन्छ कि आफ्नै ब्यवसाय ?
पहिलो त आफ्नै ब्यवसाय गर्ने हो मेरो उद्धेश्य जसका लागि एक राम्रो पेस्ट्री बेकरी स्टुडियो खोलेर दक्ष जनशक्ती उत्पादन गरेर स्वदेश तथा विदेशमा खपत गराउनु छ । मैले नेपालका धेरै होटलहरुमा घुमेर बेकरी तथा पेस्ट्रीको स्तर हेरे खासै राम्रो लागेन सायद सामाग्री नपाएर पनि होला । बिदेशको तुलनामा नेपालको क्वालिटी अझै पछाडी नै देखे ।
तपाईंको यो सफलताको प्रमुख श्रेय कसलाई दिनु हुन्छ ?
यसमा पहिलो श्रेय त मलाई जन्म दिने आमा बुवालाई नै दिन्छु । उहाँहरुले पढाई लेखाइ गराएर यहाँ सम्म पुग्ने बनाउनु भयो, मेरा दिदीहरु जसले मलाई धेरै माया गरेर हुर्काउनु भयो अनि यो ठाउँसम्म पुग्नमा मेरो जिवनसंगिनीको पनि ठूलो हात छ साथै मेरा आफन्तहरु जसले सपोर्ट गरेर मलाई यहाँ सम्म पुग्न योग्य बनाइ दिनुभयो अनि मेरा जर्मनी र फ्रेन्च सेफहरु र साथीहरु जसबाट मैले धेरै काम सिकेर यहाँसम्म पुग्न सक्ने दक्ष बनाइदिए ।
नेपाली सेफहरुको भविष्य कस्तो देख्नु हुन्छ ? यो पेशामा आउन चाहने नव युवाहरुलाई के सल्लाह दिन चाहनु हुन्छ ?
नेपालमा पनि धेरै इन्टरनेसनल होटलहरु खोलेका छन र खुल्ने क्रममा छन । नव आगन्तुक सेफहरुको भविष्य राम्रो नै छ । इमान्दार, बिस्वासी र परिश्रमी हुनु प¥यो । नयाँ नयाँ कुलिनरीका टेर्निङ सेन्टर र होटल मेनेजमेन्ट कलेजहरु खुलेका छन । राम्रा राम्रा सेफहरु हुनुहुन्छ उहाँहरुबाट पनि धेरै कुरा सिक्नु प¥यो । धेरै बिधामा लागेर मन नडुलाई एकै पेशामा दत्तचित्त भएर लाग्नु भयो भने एक सफल सेफ बन्न सकिन्छ । समयको महत्वलाई बुझेर अघी बढ्नु प¥यो । सिनियरलाई सम्मान र जुनियरलाई माया गर्न कहिले भुल्नु भएन ।