Fast Nepal News

पर्वतको पाङ पुग्यो अशोक सिलवालको ‘नेपाल किताब यात्रा’

‘हिमालय टु ओसयिनन नेपाल किताब यात्रा’ पर्वतको पाङ पुगेको छ

banner single news

पर्वत। फागुन १

हिमालयदेखि महासागरसम्मको प्रकृति, मानवता र आत्मचेतनाको एकरूपतालाई पुस्तकमार्फत समाजसँग जोड्ने उद्देश्यसहित अघि बढाइएको ‘हिमालय टु ओसयिनन नेपाल किताब यात्रा’ पर्वतको पाङ पुगेको छ । तराईमा दाङ, पहाडमा पाङको रुपमा प्रख्याती पाएको यो स्थानबाट धौलागिरी हिमश्रृंखला प्रस्ट देखिन्छ । त्यतिमात्र होइन, कालीगन्डकीको किनारमा रहेको यो प्वाइन्टबाट बाग्लुङ बजारको एरियल भ्यु पनि देखिन्छ । पर्यटकीय नगरी पोखराबाट सुरु भएको सिलवालको नेपाल किताब यात्रा पर्वत हुँदै अन्य जिल्लाहरुमा क्रमशः अगाडि बढ्नेछ ।

यो किताब यात्रामा अशोकका तीन कृतिहरू ‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’, ‘अप्प दीपो भवः’ र ‘श्रीलंका स्मृति’ समेटिएका छन् ।

‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’ले सगरमाथाको प्रतीकात्मक यात्रामार्फत बाह्य उचाइभन्दा भित्री जीवनयात्रा र आत्मपहिचानको सन्देश दिन्छ ।

‘अप्प दीपो भवः’ तीर्थहरुको पनि तीर्थ अर्थात् महातीर्थ मानिने कैलाश–मानसरोवर यात्राका आध्यात्मिक अनुभूतिहरूलाई समेट्दै ‘आफ्नो उज्यालो आफैं बाल्ने’ जीवनदर्शन प्रस्तुत गर्ने कृति हो ।

‘श्रीलंका स्मृति’ हिमालयमा जन्मिएको यात्रीले महासागरको भूगोलसम्म पुग्दा अनुभूत गरेको प्रकृतिको एकरूपता र मानवताको साझा भावनालाई अभिव्यक्त गर्ने कृति हो ।

Inside Article Ads

लाङटाङ सद्भावना दूत समेत रहेका लेखक सिलवालका अनुसार ‘हिमालय टु ओसियन नेपाल किताब यात्रा’को मूल उद्देश्य मानिसलाई प्रकृतिसँग जोड्नु, आत्मचेतनातर्फ फर्काउनु तथा विश्व मानवताको साझा भाव फैलाउनु हो । यसअघि विद्यालयकेन्द्रित यो किताब यात्रा अब विद्यालय मात्र नभई समाजका विभिन्न तहसम्म विस्तार गर्दै नेपालका सबै ७७ जिल्लामा पुर्‍याउने लक्ष्य राखिएको उनले बताए ।

Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.