Fast Nepal News

अशोक सिलवालको ‘नेपाल किताब यात्रा’ पाेखरा पुग्याे

लेखक अशोक सिलवालले पोखराको बेगनास क्षेत्रस्थित माउन्ट एभरेस्ट प्रि–स्कुलका शिक्षकहरूलाई साक्षी राख्दै यो अभियानलाई नेपालका ७७ अ‍ै जिल्लामा पुर्‍याउने घोषणा गरेका हुन्

banner single news

पाेखरा।माघ२९
हिमालयदेखि महासागरसम्मको प्रकृति, मानवता र आत्मचेतनाको एकरूपतालाई पुस्तकमार्फत समाजसँग जोड्ने उद्देश्यसहित अघि बढाइएको ‘हिमालय टु ओसयिनन किताब यात्रा’लाई देशव्यापी अभियानका रूपमा विस्तार गरिएको छ ।

लेखक अशोक सिलवालले पोखराको बेगनास क्षेत्रस्थित माउन्ट एभरेस्ट प्रि–स्कुलका शिक्षकहरूलाई साक्षी राख्दै यो अभियानलाई नेपालका ७७ अ‍ै जिल्लामा पुर्‍याउने घोषणा गरेका हुन् । लगत्तै उनले लेकसाइडस्थित श्री केदारेश्वर वैदिक विद्याश्रम पुगेर विद्यार्थीहरूसँग किताब र किताबका सन्देशमाथि अन्तरकृया गरेका थिए । उनले केही थान पुस्तक पुस्तकालयलाई उपहार पनि गरे ।

यो किताब यात्रामा अशोकका तीन कृतिहरू ‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’, ‘अप्प दीपो भवः’ र ‘श्रीलंका स्मृति’ समेटिएका छन् ।

‘एभरेस्टः एन अनफिनिस्ड स्टोरी’ले सगरमाथाको प्रतीकात्मक यात्रामार्फत बाह्य उचाइभन्दा भित्री जीवनयात्रा र आत्मपहिचानको सन्देश दिन्छ ।

‘अप्प दीपो भवः’ तीर्थहरुको पनि तीर्थ अर्थात् महातीर्थ मानिने कैलाश–मानसरोवर यात्राका आध्यात्मिक अनुभूतिहरूलाई समेट्दै ‘आफ्नो उज्यालो आफैं बाल्ने’ जीवनदर्शन प्रस्तुत गर्ने कृति हो ।

Inside Article Ads

त्यस्तै ‘श्रीलंका स्मृति’ हिमालयमा जन्मिएको यात्रीले महासागरको भूगोलसम्म पुग्दा अनुभूत गरेको प्रकृतिको एकरूपता र मानवताको साझा भावनालाई अभिव्यक्त गर्ने कृति हो ।

लाङटाङ सद्भावना दूत समेत रहेका लेखक सिलवालका अनुसार हिमालय टु ओसियन किताब यात्राको मूल उद्देश्य मानिसलाई प्रकृतिसँग जोड्नु, आत्मचेतनातर्फ फर्काउनु तथा विश्व मानवताको साझा भाव फैलाउनु हो । यसअघि विद्यालयकेन्द्रित यो किताब यात्रा अब विद्यालय मात्र नभई समाजका विभिन्न तहसम्म विस्तार गर्दै नेपालका सबै ७७ जिल्लामा पुर्‍याउने लक्ष्य राखिएको उनले बताए ।

Visited 53 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.