Fast Nepal News

कवि मातृकाप्रसाद खनालको “नव-कल्प “- ” खण्डकाव्य “सार्वजनिक

नव-कल्प खण्डकाव्य सर्जक : मातृकाप्रसाद खनाल ठेगाना : राइनास न.पा. वार्ड नं. ५ तीनपिप्ले लमजुङ ।

banner single news

लमजुङ ।राईनास ५ तिनपिप्ले।पुस २५। ९५ वर्षकी अाफ्नी अामाकाे हातवाट ” नव कल्प” खण्डकाव्य सर्जक कवि मातृकाप्रसाद खनालले सार्वजनिक गरेका छन् ।

Inside Article Ads


पूर्वी लमजुङ ,चेपेनदी र मर्स्याङ्दी नदीकाे दाेभानमा अवस्थित राइनास न.पा.अनुपम प्राकृतिक छटाले सुसज्जित आँफैमा एक ऐतिहासिक र धार्मिक महत्व बाेकेकाे पवित्र स्थान हाे।यसै न.पा.काे वाडा नं. ५ तीनपिपलेमा बुबा:लक्ष्मीप्रसाद खनाल र आमा सावित्रा खनालकाे काेखबाट जन्मिएका यस `नव-कल्प´ खण्डकाव्यका काव्यकार मातृकाप्रसाद खनाल छन्दाेबध्द कविका रुपमा परिचित हुँदै स्थापित भएका छन।
लामाे समय शिक्षण पेशामा आवध्द खनाल विभिन्न संघ/संस्थाहरुमा कृयाशील रहँदै सामाजिक र साँस्कृतिक अभियन्ताताकाे रुपमा समेत स्थापित भएकाछन।विभिन्न खाेजमूलक लेख रचनाका साथमा विभिन्न पुस्तकहरु लेखन र संपादन गरिरहेका खनालका साहित्यिक कृतिहरुमा `भू-स्वर्ग ´ कविता संग्रह-२०६९ पहिलाे प्रकाशित कृति रहेकाे छ भने याे `नव-कल्प ´काव्य दाेस्राे रह्काे छ। विभिन्न मान/संमान र पुरस्कारहरुद्वार सुसाेभित खनाल हामी सबैका प्रेरणा दायक र स्नेह भाजक व्यक्तितब पनि हुन।उनका साहित्यिक कृतिहरुमा राष्ट्रवादका साथै प्रगतिवादी भाव र विद्रोह छताछुल्ल भएका हुन्छन् ।यस्तै विशेषताले सुसज्जित कृति हाे `नव-कल्प ´ खण्डकाव्य पनि।
साहित्य समाजकाे ऐना हाे।यसले स्वतन्त्र अभिव्यक्तिका माध्यमबाट आफू बसेकाे भूगाेल र समाजकाे सजिव चित्रण गरेकाे हुन्छ।साहित्यकाे उद्देश्य : समाजलाई चिनाउनु , अँध्यारोमा बाटो विर्सिएकाहरुलाई जूनेली प्रकाश छरेर ठीक गन्तव्यमा ल्याउनु हाे।
कविता काव्य वा साहित्य मानिसकाे अमर कला हाे।यही कलाका कारण साहित्य विश्वव्यापि अमर बनेकाे छ।साहित्यमा अभिव्यक्त बिचारहरु व्यक्तिगत सत्ता स्वार्थमा केन्द्रित नभएर आफू बसेकाे देश र समाजकाे रुपान्तरणसंग जाेडिएकाे हुन्छ ।स्रष्टाले साहित्यका माध्यमबाट आफ्ना सुन्दर शैली र अभिव्यक्तिद्वारा पाठकहरुलाई चेतना वाेध गराऊँदै पबित्र भावगंगामा सयर गराउनु नै उसकाे एकमात्र सत्ता स्वार्थ रहेकाे हुन्छ। आफू जाे काेही पनि आफ्नै हृदयकाे सत्ताद्वारा नियन्त्रित र निर्देसित हुँदाे रहेछ। यसै सत्ताप्रति पनि कहिले सहमति र कहिले विमति प्रकटित गरिन्छ।यसैलाई इतिहासकाे भण्डारभित्र आफ्नै पवित्र भावना र कल्पनाका आवेगहरु मिसाएर अनुवन्धित गरिनु पर्दछ।नवीन युगकाे परिकल्पना गर्दै आफ्नै माटाेकाे गुणगानमा रमाउदै आफ्नै रगत र पसिनाले राष्ट्रलाई सिंगार्न र नवीन सत्ता प्राप्ति गर्न कवि खनालले यस कृति मार्फत सबैलाई आह्वान गरेका छन।उनले आफ्नाे समाज र सरिवेशमा देखिएका विकृति र विसंगतिहरु उपर तिब्र आक्राेश व्यक्त गर्दै न्यायकाे पक्षमा र समतामूलक समाज निर्माण गर्न आफै अग्रसर भएर क्रान्तिकाे विगुल बजाउँदै यस सुन्दर ` नव-कल्प ´ काव्य लिएर उपस्थित भएका छन्।उनले यस काव्य मार्फत सत्ता स्वार्थ , दलीय स्वार्थ र आफन्तवाद , जनता गरीब र उपेक्षित तर नेता पूजित , राष्ट्रियता खण्डित गराउँदै रुपैया पैसा प्राप्तिको लागि खेलिएका अनेक खेलले राष्ट्रलाई अधाेगति तर्फ लगिएकाेमा आक्राेश व्यक्त गरेकाछन्।साथै समस्त बिदेशिएका नेपालीहरुलाई स्वदेशमा नै फर्किएर यस `नव-कल्प´ अभियानमा समाहित हुन समेत आग्रह गरेकाछन्।
विभिन्न बिम्ब , प्रतीक , रस र अलंकारहरुकाे सादृश्यता रहेको यस उपजाति छन्दमा संरचित काव्यलाई हालसम्म नेपाली साहित्यमा देखिएका उत्कृष्ट काव्य कृतिहरुकाे लहरमा सजाउन सकिने कुरामा कुनै दुबिधा नै छैन।उनकाे साहित्यकाे क्षेत्रमा झुल्किएकाे याे दास्राे प्रकाशित कृति `नव-कल्प ´ खण्डकाव्य प्रकाशन गर्ने अवसर हामीलाई प्रदान गरेर आँफूसंगै हामीलाई पनि नेपाली साहित्यकाे भण्डारमा एक नयाँ कृति थपगर्ने अवसर प्रदान गरेर कवि खनालले ठूलाे गुन लगाएका छन्।प्रकाशककाे तर्फबाट उनलाई हार्दिक आभार व्यक्तगर्न चाहन्छौ।साथै आफ्ना मनाेबेगहरुलाई कविता काव्यमा पस्किएर उर्जाशील , परिष्कृत र परिमार्जित बनाउँदै अन्य कृति निर्माणमा विश्रान्ति नलिउन ; उनका आगामी दिनहरु थप सिर्जनशील बनुन्।हामी प्रकाशककाे तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।साथै भगवानरुपि श्रद्धेय पाठकज्यूहरुव्दारा रचनात्मक सुझावकाे पनि अपेक्षा गर्दछौं ।
प्रकाशक
नव-कल्प

खण्डकाव्य
सर्जक : मातृकाप्रसाद खनाल
ठेगाना : राइनास न.पा. वार्ड नं. ५ तीनपिप्ले लमजुङ
प्रकाशक : शिव पव्लिकेशन प्रा. लि. बागबजार
सर्वाधिकार : सर्जकमा
प्रकाशन मिति :२०८१
संस्करण : प्रथम
प्रकाशित सङ्ख्या : १००० प्रति
अक्षर संयाेजन/टंकन : उज्वल खनाल
आवरण पृष्ठ :…..
मूल्य : रु १५०
फाेन नं. ९८४१-४४९६०३,९८५१०५८१९०

Visited 214 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.