नेपालमा स्वर्णयुग आएको छ देखिस् ?
खाँचो–फाँचो बीच ठूलो अन्तर के देखिस् ?
भन्सारमा सुनैसुनको थुप्रै देखेँ मैले
भकारामा भान्छे बोल्यो–के हेरेको तैँले ?
भन्यो बमले पड्किएर सुनमाथि सुन
गरिबको झुपडीमा छैन किन नुन ?
धनमाथि धन हुने धनीलाई मात्र ?
जात्रामाथि जात्रा हुने गाईलाई मात्र ?
साँढेहरू डुक्रिएर गरेका छन् राज
गाईहरू झोक्रिएर बसेका छन् आज ।
यस्तै मात्र देखेको छु, लेखेको छु बाङ्गो
जता हे¥यो उतैतिर देखेको छु नाङ्गो ।।
महँगीको धरहरा उठेको छ गजुर
गौरवको धरहरा ढलेको छ हजुर ।
देख्न बाँकी छैन अब गाईजात्रा चर्को
यहाँभन्दा भद्रगोल के हुन्छ र अर्को ?
सधैँभरि गरेर झगडा ।
भुँडी भर्न नेता झन् तगडा ।।