Fast Nepal News

मञ्जुश्री साहित्य समाजको मासिक नियमित कार्यक्रम सम्पन्न

banner single news

काठमाडौ ।
मञ्जुश्री साहित्य समाजको मासिक नियमित कार्यक्रमअन्तर्गत २०८१/०८/०७ का दिन ७६अ‍ौं शृङ्खला पूर्ण भएको छ। भर्चुअल विधिबाट सम्पन्न यस रचनावाचन कार्यक्रमको अध्यक्षता मञ्जुश्री साहित्य समाजका अध्यक्ष डा.बमबहादुर जितालीले गर्नुभएको थियोे । प्रमुख आमन्त्रितमा हरि खनाल हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालन विरबहादुर लोहनीले गर्नुभएको थियोे । कवि गङ्गा लिगल विशेष आमन्त्रित हुनुहुन्थ्यो । विरबहादुर लोहनीको स्वागतगायनपछि शुरु भएको रचनावाचन क्रममा
आज रचना प्रस्तुत गर्नेहरूमा-
१.टेकबहादुर लौडारी- लोकसवाई छन्दमा लामखुट्टे घारीका
२. खोलाघरे साहिंलो – “छन्द ” वसन्ततिलकामा
३.भाग्यशाली अधिकारी -“हाम्रो नि दायित्व हो ” शार्दूलविक्रीडितमा-
४. सुशिल रिजाल- “यन्त्रमानव ” तोटकमा
५. हरि खनाल-“जिन्दगानी ” उपजाति( इन्द्र+उपेन्द्र )
६.दुर्गा अधिकारी भँमरकोटे-शालीन उपस्थिति,विनीत सम्बोधन मात्रै
७.द्वारिका कुइँकेल-“भट्टीमा जाऊ” ओईओई बूढा भट्टीमा जाऊँ-लोकलयमा
८.चन्द्रा न्यौपाने- एउटा सुसेली र “हाम्रो एकता” लोकलयको राष्ट्र भावपूर्ण
९. गङ्गा लिगल- मन्तव्य मञ्जुश्रीप्रति शुभकामना ,२ लाइन देशभक्ति भावको र पुनः छोटो देशभक्तिकै भावको कविता र साहित्य ,जीवन, र सत्य आदि भावमा रचित मुक्तकहरू
१०.डा. बमबहादुर जिताली- “राष्ट्रिय परिचयपत्रको नतिजा” लोकलयमा- राष्ट्रियतामा र अन्य विविध विकृतिहरूप्रति व्यंग्य भाव
११. विरबहादुर लोहनी – सञ्चालन मात्रै ।
खोलाघरे साहिलाले वाचित रचनाहरूको संक्षिप्त्त समीक्षा गर्नुभयो ।
प्रमुख आमन्त्रित हरि खनालले आफू यतिका विद्वज्जनका सङ्गतमा भएर लाभान्वित भएको भन्दै सबै कविताहरू विशिष्ट भावका थिए भन्नुभयो ।
अध्यक्ष डा. बमबहादुर जितालीले आजको ७६ अ‍ौं कविगोष्ठीमा प्रस्तुत कविताहरूको संक्षिप्त चर्चा गर्दैर मञ्जुश्रीले प्रदान गरेका सम्मान पुरस्कारहरूबारेपनि जानकारी दिंदै सबैलाई धन्यवादका साथ सभा समापन गर्नुभयो ।

Inside Article Ads
Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.