Fast Nepal News

अविरल गंगा साहित्य केन्द्रको प्रथम रचना वाचन कार्यक्रम सम्पन्न

banner single news

काठमाडौं साउन १५ । अविरल गंगा साहित्य केन्द्रको प्रथम रचना वाचन कार्यक्रम सम्पन्न भयाे । संस्थाकी अध्यक्ष गंगा लिगलको सभापतित्व र डा. बमबहादुर जितालीको प्रमुख आतिथ्यमा हिजाे वेलुका ५ देखि ७ बजे द्वारिका कुईकेलको सञ्चालनमा सम्पन्न भयो ।

कवि वीरबहादुर लोहनीको स्वागत गान बाट सुरु भएको यस कार्यक्रममा एक दर्जन कवि साहित्यकारहरूले मुक्तक, गजल, सुसेली, छन्द कविता र छन्द रहित कविताहरू वाचन गर्नुभएको थियो । साउन १५ खीर खाने दिन भएको हुँदा सबैजसो रचनाहरू साउन र खीर संग सम्बन्धित थिए ।

विशिष्ट अतिथि दुर्गा अधिकारी भमरकोटेले सहभागी सबै कविहरूको नाम उच्चारण गर्दै आज खीर जस्तै मीठा कविता सुन्न पाएकोमा खुसी व्यक्त गर्दै शिव महिमा सम्बन्धि सुसेली भजन गाउनु भयो ।

Inside Article Ads

प्रमुख अतिथि डा. बमबहादुर थापा जितालीले आफ्नो मन्तव्यमा अविरल गंगा साहित्य केन्द्रको चर्चा संगै गंगा लिगलको साहित्य साधनाको प्रशंसा गर्दै “अवस्था र व्यवस्था” शिर्षकको व्यंग्य कविता वाचन गर्नु भयो ।

कवि सुष्मा चित्रकार, कवि ललिता दोषी, कवि रीता खतिवडा, लक्ष्मीप्रसाद मिश्र, चन्द्रा न्यौपाने, टेकबहादुर लौंडारी लगायतका कविहरूले कार्यक्रममा सहभागी भएर कविता वाचन गरि कार्यक्रमलाई सफल बनाउनु हुने सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि सबैको साथ र सहयोग रहने अपेक्षाका साथ सभापति गंगा लिगलले सभा विसर्जन गर्नुभएको थियो ।

Visited 60 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.