
काठमाडौ साउन ४ । मञ्जुश्री साहित्य समाजको ७२ औं काव्य श्रृङ्खला सम्पन्न भएको छ । मञ्जुश्री साहित्य समाजको ७२ औँ श्रृङ्खला आकर्षक कार्यक्रमका साथ सम्पन्न भएको अायाेजकले जनाएको छ । समाजका अध्यक्ष डा बमबहादुर थापा जितालीको अध्यक्षता तथा कवि वीरबहादुर लोहनीको सञ्चालनमा अघि बढेको यस काव्य अर्चना र वाचन कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा कवि गायत्री चापागाईं हुनुहुन्थ्यो । यस काव्य वाचन कार्यक्रममा कविहरू गङ्गा लिगल, टेकबहादुर लौडारी, जगदीश्वर पोख्रेल, गणेश आत्रेय, उत्तम भेटवाल, वीरबहादुर लोहनी, दुर्गा भमरकोटे, हरि खनाल र डा बमबहादुर थापा जितालीले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा उपस्थिति न्यून रहे पनि स्तर गुणात्मक रोचक र मनमोहक बनेको भन्दै अध्यक्ष डा बमबहादुर थापा जितालीले वाचित कविताहरू उपर सङ्क्षिप्त टिप्पणी गर्नुभएको थियो ।