Fast Nepal News

पाडे र जिग्रीले पनि फिल्म बनाउने

banner single news

कमेडी बिधाका चलचित्रहरु चल्न थालेपछि पछिल्लो समयमा कमेडी टेलिचलचित्र निर्माण गर्ने समुहहरु मिलेर चलचित्र निर्माण गर्न उत्साहित भएका छन् । दिपक र दिपा टिमले उत्कृष्ट चलचित्रहरु पस्किन थालेपछि पछिल्लो समयमा जे पि टी टिम अर्थात जिग्री पाण्डे टिमले पनि चलचित्र निर्माणको घोषणा गरेका छन् ।

यहि श्रावण ४ गते सिटी सेन्टरको बिग मुभिज सिनेमा हलमा जिग्री अर्थात कुमार कट्टेलको जन्मदिनको अबसर पारेर बिशिष्ट अतिथि हरिबंश आचार्य ज्यू को आतिथ्यमा र दर्जनौं कलाकार र पत्रकारहरुका माझमा चलचित्र निर्माण टिमले चलचित्र लाज शरणमको निर्माण घोषणा गरेका छन् । उक्त चलचित्रलाई लेखन तथा निर्देशन गर्ने भएका छन् जिग्री अर्थात कुमार कट्टेलले भने निर्माताहरुमा नबिन श्रेष्ठ र नरेश शाह रहेकाछन् । चलचित्रमा धेरै जसो अहिले चलिरहेको टेलिचलचित्र सक्कीगोनी का टिमहरु रहेका छन् भने टिम बाहिरबाट भने हाललाई बिजय बारल, माला लिम्बु, देशभक्त खनाल र १२ बर्ष पछि नेपाली सिने जगतका खतारनाक भिलेनका रुपमा चिनिने मुकुन्द श्रेष्ठलाई देख्न पाइने भएको छ । धेरै कलाकारहरु सक्कीगोनी टेलिचलचित्रबाट भएपनि केही कलाकारहरुको अझै छनोट गर्ने क्रम जारी रहेको निर्माण पक्षले बताएका छन् । चलचित्र निर्माणको घोषणा कार्यक्रमका क्रममा टिमले मिडिया हबका संचालक सोम धिताललाई समेत सम्मान गरेका थिए । त्यसै गरी मनतब्य र शुभकामना राख्ने क्रममा सबै पत्रकारहरुको प्रतिनित्वि गर्दै रंग पत्रकार प्रकाश सुबेदीले चलचित्रले पानीमात्र नभै जुस पनि माग्न सफल होस् भन्दै शुभकामना दिएका थिए । साथै निर्देशक तथा कलाकार दिपाश्री निरौलाले पनि टेलिभिजनमा गरे जस्तै राज गर्नका साथै शिबरात्रीमा हलमा चलाउने डेट लिएको चलचित्रलाई नेपाली चलचित्रहरु एक आपासमा नभिडन समेत सुझाब दिएकी थिइन् । त्यसै गरी कमेडीका सम्राट हरिबंश आर्चयले सानो पर्दा बाट ठुलो पर्दामा ठाउ बनाउदै गएकोमा टिमलाई शुभकामना दिनुभएको थियो । त्यसै गरि हालका नेपाली चलचित्रका उत्कृट निर्देशक प्रदिप भट्टराईले भने शुभकामना सँगै टेलिचलचित्र निर्देशकलाई लाग्ने टैंग टेलिचलचित्र जस्तै फिल्म भन्ने टैंगलाई नदोहोराउन समेत सुझाब दिएका थिए ।

Inside Article Ads
Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.