बबिना भट्टराईको स्वर र संगीतमा रहेको गजल ‘चञ्चल’ सार्वजनिक भएको छ ।
अफिसियल युट्व च्यानलबाट सार्वजानिक भएको गजल ‘चञ्चल’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर र संगीतमा सार्वजनिक भएको छ भने ‘चञ्चल’ गजल का शेरहरु लिपिवद्ध सरोज संगम रावलले गरेका छन् । उक्त गजलको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीेले उक्त गजल रेकर्ड गरेका हुन् । जस्केलो क्रियशनद्धारा निर्माण गरिएको गीतको भिडियोमा गायिका तथा संगीतकार बबिना भट्टराई वाद्यबादकको समुह संग आफै फिचर्ड छिन् ।
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १५ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् ।