
नाम -गोबिन्द राज ओझा (राजन)/ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
वास्तविक प्रेमको लागि स्वतन्त्रता र आशा दिनु पर्छ
साँचो प्रेम यो संसारमा जोगाएर राख्नुपर्छ
हामी हेरचाह गर्छौँ, हामी योगदान गर्छौँ, हामी दिन्छौँ
मनको माया व्यक्त गरेपछि केही बेर सोच्छौ
मैले महसुस गरेँ कि म माया बिना बाँच्न सक्दिन
मलाई तिम्रो बानी धेरै मन पर्छ, तिमिले डराउनु पर्दैन
फेरि भेट्न चाहन्छु र सुन्दर फूलहरू सजाएर राखेको छु
मैले धेरै माया गर्छु म छेउमा उभिन सक्छु
त्यो सुन्दर मुस्कान मेरो लागि माया हो
मैले कुराकानी गर्दै मेरो कथाहरू भन्नुपर्ने भो
म तिमीलाई धेरै धेरै माया गर्छु
म केवल तिम्रो विश्वासमा छु
वास्तविक प्रेमको लागि स्वतन्त्रता र आशा दिनु पर्छ
साँचो प्रेम यो संसारमा जोगाएर राख्नुपर्छ