Fast Nepal News

बालअधिकार

मुना आचार्य बुढानीलकण्ठ नगरपालिका ओम नगर भङ्गाल काठमाडौं

banner single news

आयो राम्रो आहा ! बालदिवस आज रमाइलो दिन ।
कान्ति छ मुखमा यी बालहरुमा नाच्न थाले गाउन ॥
अध्याँरो हटि गै यी बालदिलमा आओस् उज्यालो पन ।
उज्यालो मनभै शिक्षातिर यी सकुन\ अघि लम्कन ॥

कोही बस्छन् कठै खोला बगरमा ढुङ्गा फुटाइकन ।
कहाँ गो हाम्रो बालअधिकार भन्छन् दुःखी भैकन ॥
सबै समान हुन् बालबालिका भन्ने सम्झी चित्तमा।
महत्व छ ठुलो बालदिवसयो राखौँ अग्र पङ्तिमा ॥

साना आज छन् यी बालबालिका भोलि हुनेछन् ठुला ।
टेवा दिन सके राष्ट्रले भनि गर्न सक्छन् काम ठुला ॥
राम्रो काम आहा ! महत्व दिनको भओस् प्रगति सधैँ ।
नाचुन् गाउन् पढुन् यी बालबालिका पाउन् सुविधा अभैm ॥

Inside Article Ads

इच्छा छ मनमा पढ्न नपाइ बस्छन अशिीक्षत बनी ।
बढ्न पाउन कठै यी बालबालिका चौतर्फी ज्ञानका धनी ॥
आत्मबल यीनको अघिअघि बढोस् राम्रो हुन्छ उन्नति ।
यीन्को आत्मबल बढ्नु भनेको हो राष्ट्रको प्रगति ॥

Visited 41 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.