
जाेरी र बैरी! लिय हाँक अाऊ!
दिदी र बैनी! नव राग गाऊ!!
अामा! मलाई शुभ अस्त्र देऊ!
घुमेर मै युध्द समाल्छु; गाऊ!!
१
अाशा उदायाे उपकार राेज्ने!
अशान्त भित्रै अब शान्त खाेज्ने!!
अात्मा विलाशी; मन खाेज्छ भाऊ!
कुटुम्ब सारा कुल खाेज्न अाऊ!!
२
वसन्त अाऊ! वनकुञ्ज धाऊ!
दिएर माया रचना फिजाऊ!!
सौभाग्य अाफ्नै धरणी सजाऊ!
सुशीलताकाे नगरा बजाऊ!!
३
संघर्ष प्याराे उठ साथ अाऊ!
बिचार ठूलाे सपना देखाऊ!!
देखेर ल्याऊ! सपना मलाई!
म दिन्छु नौलाे विपना खुलाई!!
४
अाकाश भित्रै घरवार दिन्छु!
समुद्रमा भित्र बगान दिन्छु!!
बस्ती बसौँला ; मुखिया म हुन्छु!
खगाेल यात्रा अब हिड्छु डुल्छु!!
५
याे पूण्य कर्मी छ पराेपकारी!
दिनेछु माया मुटु नै चुडाली!!
साथी र संगी! अब साथ दिन्छु!
परे म अाफै शुली चड्न सक्छु!!
६
*************
