Fast Nepal News

शिव परियारको सुरा र सुन्दरी गितले चुलियो निर्देशक बिनय राज पौडेलको चर्चा

banner single news

४ श्रावण,काठमाडौँ-शिव परियारको स्वरमा रहेको नयाँ गीत चर्चामा छ । गितलाई दर्शक/श्रोताले मन पराईरहेका छन् । सार्वजनिक ‘सुरा र सुन्दरी’ बोलको गीतको भिडियोमा अभिनेता पुष्कर राउत र मोनिका बुढाथोकीको अभिनय रहेको छ । भिडियोमा हरि मानन्धर विवशको शब्द रचना र सुरेश गैरेको संगीत रहेको छ ।

बिनय राज पौडेलको निर्देशन रहेको म्युजिक भिडियोलाई रामेश्वर हुमागाईले खिचेका हुन् । सविन घिमिरे, दिपक शाह र पवन लामाको लगानी रहेको भिडियोमा हरि शर्मा, बिनोद बुढाथोकी, कृष्णभक्त निरौला र बिद्या निरौलाकोे पनि अभिनय रहेको छ । भिडियोमा रवी केसीको मेकअप, मिलन विश्वकर्माको कलर र पदम सुवेदीको सम्पादन रहेको छ ।

भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । गित राम्रो बनेको निर्देशक बिनय राज पौडेल बताउनुहुन्छ। गितले राम्रो चर्चा बटुलिरहेको र आफू निकै उत्साहित रहेको मोडल पुष्कर राउत बताउनुहुन्छ।

Inside Article Ads

Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.