Fast Nepal News

छोडेर गइछौ होला मेरा लागि नासो

banner single news

नाम -गोबिन्द राज ओझा (राजन)/दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

कुरालाई घटाउ या बढाउ………………..
कुरालाई घटाउ या बढाउ तिम्रो हातमा छ
मनलाई खुसी बनाएर हेर खुसी मनमा के छ
जिन्दगीमा माया दियौ धेरै माया लाग्यो
तिम्रो मनको फूलबारीमा बस्न मन लाग्यो

मैले गीत या सङ्गीत,सुर तालको बारेमा भन्नु छ
मैले गाएको गीत सम्झ तिमिले मन त्यो कता छ
हेर्छु मैले तिमिलाई अलि फरक पाउँछु
कसरी आयौ यता तिमिले ममा छायौ

Inside Article Ads

मनमा माया बसाएर मलाई आफ्नो बनायौ
ख्याल ख्यालमा जिस्किएर आफै तिर ढाल्यौ
मेरो मनमा प्रीत छर्ने कति मिठो हाँसो
छोडेर गइछौ होला मेरा लागि नासो

Visited 163 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.