
१. चलाए देश
भ्रष्ट नेताले
फेरेर भेष ।
२. देखियो प्रष्ट
नाङ्गिए सबै
काे रैछन् भ्रष्ट !
३. भ्रष्टका कुरा
जति गरेनि
हुँदैन पुरा।
४. गरिन्छ झेल,
न्यायकाे घर
पैसाको खेल ।
५. नेता छन् भ्रष्ट
पार्टीका दाउ
बुझिन्छ प्रष्ट ।
६. साह्रै भाे घाँडो
संघीयता याे
फालौं है चाँडो !
७. सत्ताको खेल
सँधैकाे झेल
हुँदैन मेल ।
८. नेताका कुरा
भाषण ठूला
काम अधुरा ।
९. बनेर किरा
नेताले राष्ट्र
पार्दैछन् चिरा।
१०. पढेका मान्छे
पसेर खाडी
बन्दैछन् भान्छे ।
<><><><><><><>
