
१.
खै के फरक ?
भेटिन्न केहि
गर्दा परख !
२.
बैंककाे ऋण,
चर्काे छ ब्याज
तिर्नै कठिन ।
३.
गाउँ शहर,
नया नेतृत्व
युवा लहर ।
४.
वजार भाउ,
नहुने मर
हुनेले खाऊ !
५.
लिएकाे ऋण
तिर्दै नतिर्ने
विश्वासहीन ।
६.
जाेड-घटाउ
हर-हिसाब
ठिक वताऊ ।
७.
शिरकाे सान
ढाकाकाे टाेपि
राखाैं है मान ।
८.
महंगी दर
चढ्याे शिखर
मर्याे गरीब ।
९.
पदकै लागि
मरिमेट्दैछन्
डामेका दागी ।
१०.
छाेडाैं दुष्टता
गराै मित्रता
के छ र लानु !
<><><><><>
(हेटाैंडा निवासी गणेशकुमार श्रेष्ठले विभिन्न समसामयिक विषयमा छेस्का कविताका माध्यमबाट आफ्ना भावनाहरु प्रस्तुत गर्दै आउनुुभएकाे छ । उहाँका रचनाहरु निकै मीठा र चाेटिला हुन्छन् ।)
