Fast Nepal News

शहीद ( छन्द कविता )

मातृकाप्रसाद खनाल ,राईनास ५ लमजुङ

banner single news

अाज माघ १६ शहीद दिवस ,उनैकाे सम्मानमा—-।


साक्षात्कार अपार बीरहरुकाे बाटाे समाल्ने भएँ।
यात्रा याे बहुतै कठीन नगकाे यात्री म अाफै भएँ।।
सामन्तीहरुकाे शहीद पथमा अाफै मलामी भएँ।
ताजा जीवन हाे शहीदहरुकाे;मैले सलामी दिएँ।।

काेर्नै पर्छ सुमार्ग याे मुलुकमा ल्याई उज्यालाे दिन।
फाल्नै पर्छ गनी-गनी मुलुककाे कालाे नराम्राे दिन।।
काला सर्प दलालका कपटले धाेका दिदा देशमा।
त्याे बेला अपमान हेर्न नसकी गाेली पियौ गाथमा।।

तातेकाे जनक्रान्तिकाे लहरमा सिध्दान्त निष्टा बनी।
गाेलीकाे गतिमा गयौ स्वषककाे साङ्ला चुडाल्नै पनि।।
झिल्का गौरव मेघकाे गति लिई अागाे उकेल्दै गयाै।
याैटा घाम बनेर विश्वभरमा;अालाेक छर्दै गयौ।।

बीजाधान नयाँ,युगीन सपना देख्ने तिमी वीर हौ।
सामन्ती क्रुरता हटाउन कला सिल्पी तिमी धीर हौ।।
नेपाली जनकाे अपार भिडमा माेर्चा कसी लम्कियाै।
राताे सूर्य हिमाल माथि नभमा झुल्के सरी झुल्कियौ।।


*************

Inside Article Ads
Visited 68 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.