Fast Nepal News

समसामयिक दस छेस्का कविता

✍️ मिलन बाेहरा, असम, भारत

banner single news

१)
हातका ठेला
दुखीको भाग्य
नगर रेला।
२)
विकास यात्रा
झुठो हो दावा
सहरी हावा
३)
हलाको फाली
हलीको मित्र
फल्दछ बाली।
४)
कष्ट नै सहे
विकास देखि
टाढा नै रहे।
५)
पसिना बग्यो
आश्रित भाग्य
खडेरी बन्यो।
६)
तिमी छौ पारी
बिचल्ली छु म
गले नौ नाडी
७)
समय कस्तो
चिप्लेर जाने
बालुवा जस्तो।
८)
खुसीको आयु
कहिल्यै हुन्न
लामो शतायु।
९)
कर्म नै धर्म
बुझेर राख
यही हो मर्म।
१०)
मान्छेको जात
गौँडामा लुकी
गर्दछ घात।
~~~~~
(असम निवासी कवि मिलन वाेहरा, नव काव्यविधा रम्बास कविताका प्रवर्तकका साथै सुपरिचित साहित्यकार हुनुहुन्छ ।)

Inside Article Ads
Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.